भोजपुर/ भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा वम विस्फोट हुँदा ३ जना घाइते भएका छन् । षडानन्द नगरपालिका – १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको वम विष्फोट भएको हो ।
वामगठवन्धनको चुनावी सभालाई लक्षित गरि राखिएको वम विस्फोट हुँदा नेपाल प्रहरीका असई उमेश मेहता, प्रहरी जवान देव नारायण यादव र एमाले कार्यकर्ता विक्रम राई घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने जानकारी दिए ।
उनिहरुलाई उपचारको लागि सदरमुकाम ल्याइदै गरेको उनको भनाई छ । वम विस्फोट पश्चात दोहोरो गोली हानहान समेत भएको न्यौपानेले वताए ।
वम भेटिएको आघा घण्टा विस्फोट भएको जिल्ला प्रसासनको भनाई छ । भोजपुर सदरमुकामबाट डिस्पोजल टोली हिडेको भए पनि वम आफै विस्फोट भएको थियो । थप विवरण आउन वाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया