इटहरी । पुर्व सेनापति रुकमागंत कटुवालले नेपाल राष्ट अहिले ठुलो चौरस्तामा उभिएर रहेको छ भन्दै उसलाई सहि गन्तव्य तर्फ डोर्याउनु नेपालीहरुको दायित्व भएको वताएका छन ।

सुनसरीको तरहरामा पुर्व भारतीय सैनिक तथा सुनसरी प्रदेससभा २ ख का उमेद्वार किशोरकुमार राईले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै कटुवालले आफनो गन्तव्य कता जाने भन्ने ठुलो संघारमा मुलुक रहेको वताएका हुन ।

मुलुकको धर्म संस्कृति ,इतिहास, भाषा र संस्कार माथि हमला नभएसम्म मुलुक एकतावद्ध हुने भएपनि अहिले सामाजिक संरचनामा उनीएको धागो चुढाउने काम भईरहेको भन्दै त्यसको रक्षाका लागि राष्ट्वादीहरु एक जुट हुने पर्नेमा कटुवालले जोड दिए । नेपालमा नेतृत्वको खडेरी परेको छ भन्दै पुर्व सेनापति कटुवालले नेपाल र नेपालीका लागि मर्न तयार हुने नैतिकवान नेता नेपालीले खोजिरेको समेत वताए । राजनितिक दलका नेताहरुले सिहँदरवारको अधिकार गाउँगाउँ सम्म पुर्याउने भनेर एक घण्टामा गाविस पुग्ने जनताहरुलाई वडा कार्यालय पुग्न दुई लाग्ने वनाएको भन्दै नेताहरुलाई व्यगं गर्दै केपी शर्मा ओलीले भने झै संघियता बाख्राको जिउमा भैषीको टाउको लगाए जस्तो भएको आरोप लगाउदै कटुवालले दलहरुको खिल्ली उडाए ।

सो कार्यक्रममा स्वतन्त्र रुपमा उमेद्वारी दिएका किशोरकुमार राईको पक्षमा पुर्व सैनिकहरुले समेत मत मागेका थिए ।

तपाईको प्रतिक्रिया