इटहरी। नेवार समुदायका मौलिक परम्परा र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा नेवारी मौलिक भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

युवापुस्ताले ऋाफ्ना कला, संस्कृति परम्परालाई जिवन्त राख्न चासो राख्दै संरक्षणमा लाग्न पेरणा मिलोस भने नेवारी मौलिक भोज तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको हो ।

नेवार समाज इटहरीले आगामी पौष १५ गते इटहरीमा नेवारी खानाका परिकार, सांस्कृतिक कार्यक्रम सहितका प्रस्तुति रहने गरी कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा विभिन्न जातजाति र भाषाभाषिको वसोवास रहेको नेपालका मौलिक परम्परा तथा संस्कृतिक पक्ष लोप हुन लागि रहेको भन्दै सवै समुदायले एकले अर्काेको संरक्षणमा समेत ऐक्यद्धता जनाउनु पर्नेमा समाजका अध्यक्ष देवनारायण श्रेष्ठले जोड दिए । शसुल्क आयोजना गरिने कार्यक्रमबाट संकलित रकम संस्थाको भवन निर्माणमा खर्च गरीने जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया