कार्तिक ३० गते जिल्ला प्रहरी कार्यालय मोरंगको बिषेश टोलीले ८६ लाख ६९ हजार ३ सय ४५ रुपैया नगद सहित पक्राउ गरेको हो । पक्राउ पर्ने मा जिल्ला सुनसरी दुहवी नगरपालीका ६ बस्ने बर्ष २९ को बलराम बिश्वास , जिल्ला मोरं बिराटनगरमहानगर पालीका ७ बस्ने बर्ष ५५ नको अनुपचन्द सेठिया, बर्ष ४० को ललित सेठिया, सोहि ठाउँका बर्ष ४३को बिमल कुमार चिरनिया , बर्ष २७को श्रवणकुमार साह, र भारत दरवंगा सुन्दपुर वाडानंम्बर २ बस्ने बर्ष ३७ को पंकज कर्ण लाई पक्राउ परेका हुन् । उनिहरुले नेपालको बिभिन्न स्थानमा फोन बाट चिठ परेको भन्दै लामो समय देखि ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय का एस्पी अरुण कुमार बिसी ले बताए ।

पर्वत देउपुर गाउँपालीका वडानंम्बर २ बस्ने संगीता कुमारी गुरुङलाई भाइबर बाट कल गरी नेपाली ४० लाख चिठ परेको भन्दै उक्त चिठको रकम झिक्नका लागी ट्याक्स बुझाउनु पर्ने भन्दै २ लाख ठगि गरेका र अनुप सेठियाको नाममा रकम आफुले पठाएको बताइन्

त्यस्तै अन्य ब्यक्ति हरुलाई समेत ठगिगरेको र अझैपनी ठगि गर्ने गिरोह सक्रिय रहेको पिढित ब्याक्ति हरुको भनाइ छ । यता प्रहरीले नेपालको ठगि गर्ने गिरोह पक्राउ गरेका भएपनी यसको संञ्जाल अन्तराष्ट्रिय स्तरमा रहेको पुष्ठी गरेको छ । हाल बरामद गरेका रकम हुण्डीको भरमा अन्तराष्ट्रिय स्तिरमा पुर्याउने अनुप चन्द्र सेठिया माध्यम भएको प्रहरीको दावी छ । हाल बरामद भएको रकम ठगिएको प्रमाणित भएको ब्यक्तिलाई दिइने र अन्य लेपनी आफु ठगिएको प्रमाणको आधारमा दिने भएकाले ठगी भएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंगमा उजुरी दिन समेत प्रहरीले अनुरोध गरको छ ।

तपाईको प्रतिक्रिया