इटहरी । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश नम्वर १ लाई लक्षित गरी साझा घोषणा पत्र सार्वजनिक गरेको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी दुवै पाटीका नेताहरुलाई संयुक्त रुपमा साभाm घोषणा पत्र सार्वजनिक गरेका हुन । प्रदेस नम्वर १ लाई केन्द्रीत गरी सार्वजनिक गरिएको साझा घोषणा पत्रमा प्रतिनिधिसभा तथा प्रदेससभाको साझा घोषणा पत्र नामकरण गरिएको छ । एमालेका सचिव भिम आर्चाय र माओवादी केन्द्रका पोलिट व्युरो सदस्य सावित्रीकुमार काफ्लेले संयुक्त रुपमा सार्वजनिक गरेको प्रादेसिक घोषणा पत्रमा अन्य राजनितिक पार्टीहरुको बारेमा केन्द्रीय साझा घोषणा पत्रमा उल्लेख गरिएकाले यसमा उल्लेख नगरिएको जनाइएको छ । २३ पृष्ट लामो साझा घोषणा पत्रमा पर्यटन क्षेत्रको विकास र विस्तार देखि खाध्यानन , औषधीजन्य सामाग्री र अत्यावश्यक वस्तुहरुको भण्डार गर्ने सम्मका कुराहरु समेटीएका छन । साझा घोषणा पत्रको १५ नम्वर वुदाँमा सामाजिक न्याय सहितको आर्थिक विकास आर्य र सम्पतिको न्यायोचित वितरण सहितको आर्थिक समृद्धि बमपक्षीय गठवन्धनको विकास सम्वन्धी सिद्धान्तको सार हो भनिएको छ । साझा घोषणा पत्र सार्वजनिक कार्यक्रममा गोपाल किराँत, शारदा पोखरेल, सन्तोष थारु , मुकेश, चिरञ्जीवी भटटराई लगायतका बाम गठवन्धन आवद्ध नेताहरुको उपस्थीत रहेको थियो ।

तपाईको प्रतिक्रिया