इटहरी । चिकित्सकलाई दुरव्यवहार गर्ने सुरक्षाकर्मीलाई कारवाही गर्ने तथा अस्पतालमा सुरक्षा व्यवस्था मजवुत वनाउने सहमति भएपछि सुनसरी सदरमुकाम इनरुवाको कामकाज सुचारु भएको छ ।

विहीवार साँझ प्रहरी निरिक्षक सन्तोष पोखरेलले अस्पतालका चिकित्सक तुसार झालाई हातपात गरेको भन्दै इनरुवा अस्पतालको आकस्मीक सेवा समेत वन्द गरी स्वास्थ्यकर्मीहरु साँझै देखि दोषीलाई कारवाहीका माग राख्दै आन्दोलित वनेका थिए ।

चिकित्सक माथि भएको दुव्यवहारका दोषी कारवाहीको माग राख्दै राती नै स्वास्थ्यकर्मीहरु नारावाजी गर्दै सडकमा उत्रिएका थिए । आकस्मीक कक्ष समेत वन्द गरिएपछि स्थानीय प्रशासनको पहलमा आकस्मीक कक्ष बेलुकै देखि खुलाइएको थियो भने आज स्वास्थ्यकर्मी तथा स्थानीय प्रशासनका पदाधिकारी विचको वार्ताले दोषी पोखरेललाई कारवाहीको सिफारिस गर्ने सहमति भएपछि वन्द अस्पतालका सेवाहरु सञ्चालनमा आएको छ । पोखरेललाई कारवाही नगरेर थप संघर्ष गर्ने चेतावनी सहित आकस्मीक सेवा र प्रसुति सेवा बाहेकका सेवा वन्द गरी वार्तामा वसेका स्वास्थ्यकर्मीहरु पोखरेललाई कारवाहीको सिफारिस गरिने भएपछि काम फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवालले जानकारी दिए । सडक दुर्घटनामा परि मृत्यु भएका जिल्ला प्रशासन कार्यालय सुनसरीका नायव सुव्वा रामचन्द भट्टराईको उपचारमा ढिलाई गरेको भन्दै पोखरेलले अस्पतालका चिकित्सक झालाई थप्पड हानेका थिए भने आकस्मीक कक्षको टेवलमा लात्ती प्रहार गरेका थिए । सवारी दुर्घटनामा परेका भट्टराईलाइ अस्पताल ल्याउदा उनको मृत्यु भई सकेको आफुले पाएको अस्पतालका चिकित्सक झाले जानकारी दिए । डा झाले मृतकका आफन्त समेत रहेका पोखरेलले आफुलाई दुव्यवहार गरेको वताएका छन । अस्पतालको सिसी क्यामरामा कैद भएको दृष्यले समेत प्रहरी निरिक्षक पोखरेलले असामान्य व्यवहार प्रस्तुत गरेको देखिन्छ ।

पटक पटक चिकित्सक माथि हातपात हुने अस्पतालको पहिचान वनाएको इनरुवा अस्पतालको स्तरउन्नती भएपनि यही भय चिकित्सकहरु आउन नमान्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवाल बताउछन । यस अघि पनि धेरै पटक इनरुवा अस्पतालमा उपचारको क्रममा लापरवाही भएको भन्दै स्वास्थ्यकर्मीहरु माथि हातपात हुदै आएको थियो ।

तपाईको प्रतिक्रिया