इटहरी । वालाचतुदर्षीका दिन पितृहरुको सम्झनामा शतवीज छरे पितृहरुको उद्धार हुने विश्वास साथ पुर्वका धार्मीक स्थलहरुमा आज हिन्दु धर्मालम्वीहरुले शतवीज छरिरहेका छन ।

विशेष गरी पुर्वमा बराहक्षेत्र , खोटागंको हलेसी महादेव , सुनसरीको पिण्डेश्वर ,रामधुनी , झापाको अर्जुनधारा ,सतासी लगायतका मठमन्दिरहरुमा विहानै देखि दिगवंत पितृको उद्धारको कामना गर्दै शतविज छर्नेहरुको घुईचो लागेको छ ।
आफना पितृको स्मरण गर्दै पितृ उद्धरको कामना साथ बालाचतुदर्सीको अघिल्लो दिन मंसिर कृष्ण त्रयोदसीका दिन मठमन्दीरहरुमा दिपप्रज्वलन गरि रातभर जाग्राम वस्ने र चर्तुदर्सीका दिन शतविज छर्ने गरीन्छ । त्रयोदशीका दिन विशेष गरी शिवालयहरुका साथै अन्य धार्मीक मठमन्दिर क्षेत्रमा समेत धान,जौ,गहँु ,चना, तिल, कागुनु र मकैका विउहरु छर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया