इटहरी । प्याब्सन सुनसरको आयोजना मा इटहरीमा प्याब्सन सिङगिङ आइडल भइरहेको छ । २४ गतेबाट सुरु भएको प्रतियोगितामा सुनसरी भरीका प्याप्सनमा आबद्ध १५० विद्यालय र पाँच सय भन्दा बढि विद्यार्थीले प्रारम्भिक अडिसन दिएका थिए ।
प्रतियोगितालाई विभिन्न पाच चरणमा अघि बढाइने कार्यक्रम संयोजक ज्ञानेन्द्र दाहालले जानकारी दिनुभयो ।
विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्याब्सन सुनसरीले विभिन्न प्रतियोगिताहरु गर्दै आएको छ । सुनसरीभरीका विद्यालयका विद्यार्थी्भित्रको गायन प्रतिभा प्रष्फुटन गर्नको लागि प्याब्सनले उक्त आइडलको आयोजना गरेको प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकको रुपमा गायक तथा संगितकार बलराम समाल ,गायक बालकुष्ण कार्की र एपी शेर्पा रहनु भएको छ । प्रतियोतीतामा विद्यार्थीहरुले उत्साह पुर्वक सहभागीता जनाएका छन ।

तपाईको प्रतिक्रिया