इटहरी, २९ कार्तिक । नेपाल महिला अपाङ्ग सङ्घले आज इटहरीमा सञ्चारकर्मीहरुसँगको विशेष अन्तरक्रिया कार्यबmमको आयोजना गरी बिकलाङ्गता भएकाहरुलाई सम्वोधन गरिदा प्रयोगमा ल्याईने शब्दावलीमा सावधानी अपनाउनु पर्ने कुरामा जोड दिएको छ ।
नेपाली भाषामा प्रयोगमा आउने शब्दावली एवम उखानहरु क्तिपय अवस्थामा शारिरीक रुपले अपाङ्गता भएका मानिसप्रति अत्यन्तै गम्भीर आँच आउने वा हेला गर्ने हिसावले प्रयोगमा ल्याईने गरिएकाले त्यस्ता शब्द चयन गर्नु अघि सचेतना अपनाउन सङ्घको केन्द्रिय अध्यक्ष निर्मला धितालले अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदा उक्त आग्रह गर्नुभएको छ ।
राजनीतिक र साहित्यिक क्षेत्रमा एकले अर्कालाई होच्याउन वा विषयवस्तुको सान्दर्भिकतालाई प्रष्ट्याउन एवम होच्याउन प्रयोगमा ल्याई गरेको उखान टुक्का वा भनाईले पनि शारिरीक अपाङ्गता भएका मानिसको आत्म सम्मानमा चोट पुग्ने शब्दावली बढि प्रयोग र प्रचलनमा आउने गरेकाले त्यसमा पनि समय सापेक्ष परिमार्जन वा सुधार ल्याउन जरुरी रहेको तर्फ पनि अन्तरक्रियाका सहभागिहरुले जोड दिनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सङ्घको महासचिव मीना पौडेल तथा अग्रज सञ्चारकर्मी याम प्रधान एवम सञ्चारकर्मीहरु सुरेशचन्द्र दाहाल हिमाल दाहाल बिकल रेग्मी, याम प्रधान लगायतले प्रचलित समाचारका भाषा वा प्रयोगमा आई रहेका नयाँ शब्दावली पनि समय कालखण्डमा अनुपयुक्त र असान्दर्भिक बन्दै गई रहेकाले यो विषयमा एक रुपताका लागि सम्वन्धित सवैले ख्याल गर्न जरुरी रहेको कुरामा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया