मंसिर १० मा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वाच्छ, निश्पक्ष र शान्तिपूर्ण गराउन मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ ।
निर्वाचनको मिति नजिकिए संगै जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक अधिकृत लगायत कर्मचारीहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रममा सहभागिहरुले नमुना मतदान पनि गरेका छन् । निर्वाचनका समयमा सानो गल्तिले पनि निर्वाचन भाँडिन सक्ने भएकाले उनीहरुलाई नमुना मतदान पनि गराइएको हो ।

जिल्लामा निर्वाचनका सम्पूर्ण सामग्रीहरु आइसकेकाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्री रुजु गर्ने काम समेत सकिएकाले दुर्गम मतदान केन्द्रहरुमा कडा सुरक्षाकाबिच सामग्री लाने काम भइरहेको छ ।

आगामी निर्वाचनका लागि संखुवासभामा १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये जिल्ला सुरक्षा समितिले ३५ वटालाई अतिसंवेदनशील, ४५ वटालाई संवेदनशील र २३ वटालाई सामान्यमा राखेको छ । ती स्थलहरुमा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ भने आज र भोलीमा म्यादी प्रहरीलाई पनि सुरक्षाका लागि खटाइ सकिने छ ।संखुवासभामा १० वटा दलका २७ जना मैदानमा छन् । ती मध्ये बाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया