इटहरी/ नेपाली सेना र सशत्र प्रहरीमा लामो समय देखी रासनको ठेक्कापट्टाको काम गर्दै आएका पकलीका पर्शुराम बस्नेतले नेपाली सेना र सशत्र प्रहरीलाई दुरुप्रयोग गर्दै चुनाब जित्ने होडमा लागेका छन ।
नेपाली सेना र सशस्त्र प्रहरीको रासनको ठेक्कापट्टाको काम गर्दै आएका बस्नेत खस क्षेत्री एकता समाज संघिए समाजवादी फोरममा एकिकरण भएपछी उनी संघिय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधी सभाका लागी समानुपातीक उमेदवार बनेका छन । संघिय समाजवादी फोरम नेपालका केन्द्रीय नेताका रुपमा स्गापित बस्नेत पुर्वी नेपालमा सुरक्षा निकायहरुमा आफु सँगै श्रिमती र छोराको नामबाट पनी पटक पटक रासन ठेक्कापट्टाको काम गर्दै आएका छन ।
बस्नेतले नेपाली सेना र सशस्त्र प्रहरीमा रासनको ठेक्कापट्टा गर्दा उनले नेपाली सेना र सशत्र प्रहरीमा आफ्नो रपहुच र आर्थिक लगानी भएको बताउदै चुनावी प्रचारमा हिडेको स्रोतले जानकारी दियो । उनी हाल त्यो पहुचलाई दुरुपयोग गर्दै चुनाव जित्ने खेलमा लागेका छन ।
बस्नेत नेपाली सेना र सशस्त्र प्रहरीमा आफ्नो तल्लो निकाय देखी माथिल्लो तह सम्म राम्रो पहुच रहेको र सो पहुचको आधारमा नेपाली सेना र प्रहरीले आफुलाई सहयोग गर्ने र आफुले चुनाव जिल्ने दाबी गर्दै आएको स्रोतले बतायो ।

 

तपाईको प्रतिक्रिया