दुहवी/स्थानीयतहको निर्वाचनमा दुहवीनगरपालिका १२ का एकजना वडाध्यक्षका उमेदवार सय जना कार्यकर्ता सहित नेकपा एमाले प्रवेश गर्नुभएको छ । संघिय समाजवादी फोरमका रामचन्द्र चौधरी एमाले प्रवेश गर्नुभएको हो । उहाँ गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक फोरमका खुशी लाल चौधरीसँग ७० मतले मात्र पराजीत हुनुभएको थियो । चौधरी दुहवीमा वौद्धिक, लोकप्रिय, ईमान्दार व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । चौधरीलाई सुनसरी क्षेत्र नं. ३ का तर्फवाट बाम गठवन्धनकी साझा उम्मेदवार तथा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भगवती चौधरीले अविरमाला लगाए पार्टी प्रवेश गराउनुभयो । चौधरीले बिकास, समृद्धी र राजनितिक स्थिरताका लागि एमाले आवश्यक रहेकाले आफू एमाले प्रवेश गरेको वताउनुभयो । उहाँले तीन नम्वर क्षेत्रबाट पटक पटक जीतेका बिजय कुमार गच्छदार अवसरवादी र सत्ता भोगी मात्र रहेकोले यो क्षेत्रको विकास र सम्वृद्धिको लागि भगवती चौधरीको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मेराे ज्यान तलमाथि हुनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताएका छन्। पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ...
अहमदिया संघ द्धारा झोराहाटमा निःशुल्क आँखा शिविर
इटहरी । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरि हरेक वर्ष निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको अहमदिया संघ ...
तरुण दल द्धारा सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत चिन्ह
इटहरी । इटहरी वडा नम्बर तीन सिरिजंगा लाइनकाे सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत स्वरूप रंग लगाइएको छ । तालतलैया प्र...
कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान धनकुटाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न
धनकुटा । कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान धनकुटाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनले १३ सदस्यिय ...
ब्याक्तिगत घट्ना दर्ता सम्बन्धि तालिम सम्पन्न
धनकुटा । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक, सहायक कर्मचारी, वडा समितिका पदाधिकारीहरुका लागि ब्याक्तिगत घट्ना दर...
प्रधानमन्त्रीलाई आर सी अधिकारीको खुला पत्र
आर सी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र २०७४ साल फाल्गुन १० गते लेखेका थिए । उनले लेखेको खुला पत्र सम...