सुनसरी ।  आफूले जीताएका प्रतिनिधिले जनताको मात्र होइन आफनो मात्र जीवन परिवर्तन गरेको भन्दै सुनसरी क्षेत्र नम्वर ३ का जनताले परिवर्तन चाहेको वताएका छन त्यहाँका जनताले पटक पटक जीतेका नेताले जनताको जीवन सुर्धान केहि पनि नगरेको भन्दै चित्त दुखाएका छन । आफनो मत सदुपयोग नभएको भन्दै उनीहरुले यसपाल भने सोचेरमात्रै मतदान गर्ने वताएका छन । परिवर्तनकोे पक्षमा काम गर्नेलाई मत हाल्ने प्रतिवद्धता जनाउदै आफ्ना स्वाभिमान कमजोर हुन नदिने तीन नम्वर क्षेत्रका जनताको प्रतिवद्धता छ ।
ईटहरी १३ की ४० बर्षिया जसरी सरदार जनताको सुख दुखमा साथ दिनेलाई भोट दिने वताउनुहुन्छ । भोट पाएर जीतेपछि कहिल्यै नफर्कनेलाई भोट दिएर मतखेर नफाल्ने उहाँको भनाई छ । ईटहरी १२ की ३५ वर्षिया शान्ता अधिकारीले विकास र परिवर्तनका पक्षमा काम गर्नेलाई आफ्नो मत दिने वताउनु भयो । पैसा दिएर मतकिन्न खोज्नेले पछि पैसा कमाउन लाग्ने तर विकास नगर्ने भएकाले यसपाल जनता पैसाको प्रलोभनमा नफस्ने अधिकारीको भनाई छ । ईटहरी १२ की ४० वर्षिया अर्चना नेपालले २२ वर्ष सम्म सत्तामा रहदा केहि नगर्ने अनि अहिले आएर सुनसरीका सवै वाटो पाँच वर्षमा पिच हुन्छ भन्दा जनताले नपत्याएको वताउनुभयो । उहाँले पटक पटक गच्छेदारलाई हेर्दा पनि तीन नम्वर क्षेत्रका जनताले केहि नपाएकाले यसपटक भगवति चौधरीलाई हेर्ने वताउनुभयो ।

 

तपाईको प्रतिक्रिया