इटहरी, २८ कार्तिक । नेपका एमाले सुनसरीले निर्वाचन क्षेत्र ३ मा पार्टी र बाम गठबन्धनका तर्फवाट संयुक्त उम्मेदवारी रहनु भएकी एमाले बैकल्पिक केन्द्रिय सदस्य भगवती चौधरीले आफुले इमान्दारितापूर्वक विकासमा प्रतिबद्धता रहने घोषणा गर्नुहुँदै आफुलाई मत दिन आग्रह गर्दै आउनु भएको छ ।
पार्टीले निर्वाचन क्षेत्र नंम्वर ३ मा चुनावी अभियानका क्रममा दुहवी नगरपालिका र बर्जु गाउँपालिकामा आज आयोजित कोणसभा तथा घरदैलो गर्ने क्रममा स्थानीय मतदाताहरुसँग त्यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।
पूर्व राज्यमन्त्री समेत रहनु भएका चौधरीले बिकास र सर्मद्धीका लागि नेतृत्व परिवर्तण आवश्यक रहको कुरामा पनि जोड दिनु भएको छ । उहाँले विगत लामो समयदेखि यस क्षेत्रमा नेपाली काङ्ग्रेसले निर्वाचन जित्दै आएकाले अव नेतृत्व परिवर्तन गर्न स्थानीयवासी मतदाताहरुसँग आग्रह गर्नुभएको छ ।
घरदैलो तथा चुनावी कोणसभाहरुमा प्रदेशसभा उम्मेदवार लिलम बस्नेतले हरेक परिवर्तनका घट्नाहरुमा केही न केही नयाँ परिवर्तन अपरिहार्य हुने भएकाले रानीतिमा पनि पार्टी र ब्यक्तीको परिवर्तन जरुरी हुने भएकाले यो निर्वाचनमा त्यही अनुरुपको फेरबदल जरुरी रहेको कुरामा जोड दिनुभयो ।

 

तपाईको प्रतिक्रिया