भोजपुर, चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिकाको गोगने तर्फ जार्दै गरेको पुर्व मन्त्री तथा प्रदेश सभा तर्फ भोजपुर (ख) उमेदवार शेरधन राई चढेको गाडी माथी भर्खरै वम प्रहार भएको छ । टेम्के मैयुङ गाउँपालिका वडा नम्बर– ६ कोट गुम्बा नजिकै राई चडेको बा १५ च ५६०८ नम्बरको गाडीमा बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडी भागको सिसा फुटेको छ, भने राईका अङ्ग रक्षक असई डिल्ली देबकोटा सामान्य घाइते भएका छन । विहान करिव १० वजेको समयमा राई चढेको गाडीमा वम प्रहार भएको प्रमुख जिल्ला अधिकारी चेतराज वरालले जानकारी दिए । राई चुनावी आम सभालाई सम्वोधन गर्न गोगने तर्फ जादै गर्दा वम प्रहार भएको हो । सदरमुकामबाट घटना स्थलमा सुरक्षाकर्मीको टोली गई सकेको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ । वम कस्ले प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन । घटना स्थलमा १४ राउण्ड गोली चलेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज वराल सहितको टोली घटना स्थल तर्फ लागेको छ ।

तपाईको प्रतिक्रिया