इटहरी । सुनसरीको इटहरी ४का मनोज चौधरीको घरबाट प्रहरी २ थान बुलेट सहित विभिन्न खाले हतियार वरामद गरेको छ ।
केही दिन पहिले इटहरीकै सुजन नेपाललाई गोली प्रहार गरि फरार रहेका चौधरीको घरबाट बुलेट सहित तरवार ३ थान , नक १ थान, चक्कु १ थान, लामो एयर गन ,एयर पेस्तोल ३ थान प्लाष्टिकको खेलौना बन्दुक १६ थान घडि ७६ थान ल्यापटप १ थान र विभिन्न कम्पनीका २५ थान मोवायल वरामद गरेको इटहरी प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी चौधरीका घरबाट बरामद गरिएको हतियार सार्वजनिक गरेको हो । नेपालसंग विवाद हुँदा चौधरीले गत विहिबार गोली प्रहार गरी फरार रहेका छन ।

चौधरीले प्रहार गरेको गोली छल्न सफल भएपछि नेपाल बचेका थिए । गोली प्रहार गरी फरार रहेका चौधरी र सोही घटनामा संलग्न विसे चौधरीको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक सञ्जय राउतले जानकारी दिए । फरार चौधरीद्धय ज्यान मार्ने उद्योग र केही सार्वजनिक मुद्धामा पटकपटक पक्राउ परि सकेको समेत प्रहरी नायव उपरिक्षक राउतले वताए ।

तपाईको प्रतिक्रिया