इटहरी । नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारले प्रदेस नम्वर १को राजधानी इटहरी नै उपयुक्त हुने वताएका छन ।

सुनसरीको इटहरीमा काग्रेसको प्रचारप्रसार गर्न गठित मिडिया सेन्टर इटहरीको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका गच्छदारले प्रदेसको राजधानीका लागि इटहरी पुर्वाधारयुक्त रहेको वताएका हुन ।

प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन नजिकी रहेको समयमा मतदाताहरुलाई आफनो पक्षमा पार्न दलका नेता तथा उमेद्वारहरुले प्रदेसको राजधानीलाई समेत चुनावी मुद्धा वनाउ थालेका छन । सोही समयमा निर्वाचन केन्द्रीत प्रचारप्रसारका लागि स्थापना गरिएको सेन्टरको उद्घाटनपछि बोल्दै गच्छदारले इटहरी प्रदेस नम्वर १को केन्द्रमा रहेको तथा पुर्वाधारयुक्त भएको कारणले समेत राजधानीका लागि उयुक्त रहेको भन्दै आफु इटहरीलाई प्रादेसीक राजधानी वनाउनु पर्छ भन्ने पक्षमा रहेको वताए ।

सुनसरीको प्रतिनिधिसभाको क्षेत्र नम्वर ३ बाट नेपाली काँग्रेसका तर्फबाट उमेद्वार समेत रहेका गच्छदारले एमाले लगायतका विपक्षीहरुले सुनसरीमा आफुहरुले निर्माण गराएका पुल ,सडक हुँदै चौकमा पुगेर आफुहरुले विकास गर्न नसकेको भन्ने लगाउने गरेको आरोप लगाए । उनले सुनसरीको विकास निर्माणमा आफु र नेपाली काँग्रेसकै कारण सडक, पुल, विद्यालय , खानेपानी जस्ता विकासका कामहरु भएको भन्दै झापाको भद्रपुरमा केही दसक अघि देखि विभिन्न समयमा प्रधानमन्त्रीहरुले पुल शिलान्यास गरेपनि वनाउन नसकिरहेको समयमा आफुहरु निर्माण गराएको दावी गरे । नेपाली काँग्रेसलाई विकास विरोधी भन्दै एमालेले प्रचार गर्ने गरेको भन्दै नेपाली काग्रेसका तर्फबाट पाँच जना प्रधानमन्त्री भएको तथा एमालेको तर्फवाट समेत चारचार जना प्रधानमन्त्री भएको समयमा विकास निर्माणका कामलाई जनताले मुल्याँकन गर्छन भने । फरक प्रसंगमा गच्छदारले एमाले र माओवादी केन्द्रको गठवन्धन बाम गठवन्धन नभएर साम्यवादी गठनवन्ध रहेको भन्दै यो गठवन्धनले काग्रेसलाई कुनै असर नगर्ने दावी समेत गरे । गच्छदार केही दिन देखि सुनसरीमा चुनावी प्रचारप्रसारमा केन्द्रीत रहेका छन ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका तर्फवाट प्रदेशसभामा उम्मेदवार रहनु भएका हेमकर्ण पौडेल कुमारजङ्ग थापा बुद्धिबहादुर कट्वाल र मिडिया सेन्टरका केन्द्रिय अध्यक्ष डा. सुरेश आचार्य नेपाल पत्रकार महासङ्घ सुनसरी शाखा अध्यक्ष अमर खड्का लगायतले बोलेका थिए  ।

तपाईको प्रतिक्रिया