इटहरी । गत साउनको अन्तिम साता आएको वाढीले स्थलमार्गबाट मेची देखि महाकाली छोड्ने पुर्व पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको इटहरी खण्डमा भत्काएको सडकको मर्मत संभार नगरिदा दुर्घटनाको जोखिम बढ्न थालेको छ ।

बाढीले इटहरीको बालग्राम चौक भन्दा केही पश्चिम तर्फको सडकको आधा भाग बगाएको तिन महिना वित्न लाग्दा समेत मर्मत संभार नगरिदा जोखिम बढेको हो । गत साउन २७ गते राती आएको बाढीले इटहरी १६ र १७को विचमा पर्ने सडक खण्डको करिव ५० मिटर कालोपत्रे बगाएको थियो तर बाढीले बगाएको सडक खण्डको मर्मत संभारमा सम्वन्धीत निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम बढेको सडक प्रयोगकर्ताहरु वताउछन । बाढीले बगाएको सडक खण्डको उत्तर तर्फ केही गिटीहरु हाले सडक सञ्चालनमा ल्याएपनि सडक साँघुरो वन्दा आवतजावतमा समस्या पर्ने देखि दुर्घटनाको जोखिम वढेको सर्वसाधारणले गुनासो गर्न थालेका छन । मुलुकै पुर्व मेची देखि महाकाली जोड्ने एक मात्र राष्ट्यि राजमार्ग बगाएको तीन महिना वित्तन लाग्दा समेत मर्मत नगरिदा साना ठुला दुर्घटना समेत हुन थालेको स्थानीयवासी वताउछन । त्यसै गरी सडक मर्मत नगरिदा साँघुरो भएको तथा गिटी हालेर काम चलाउनु रुपमा प्रयोग गर्न थालिएको सडकमा खाल्डाखुल्डी परेकाले सवारी चलाउदा सवारीको पत्ती भाँचिने जस्ता समस्याहरु समेत हुने गरेको सवारी चालकहरु वताउछन । साउन अन्तिम साताको बाढीले सुनसरीका साथै अन्य ठाँउमा समेत पुर्व पश्चिम राजमार्गमा क्षति पुर्याएको थियो । त्यसै गरी बाढीले पुर्व तराईका अन्य सडकहरुमा समेत क्षति पुर्याएको थियो भने बाढीले क्षति पुर्याएका अधिकाँस सडकहरु अहिले सम्म मर्मत संभार हुन सकेका छैनन ।

तपाईको प्रतिक्रिया