इटहरी । पुर्वका किसानहरुको माग अनुसार यस वर्ष राष्ट्यि विउ विजन कम्पनीले गँहुको विउ उपलव्ध गराउन नसक्ने देखिएको छ ।

राष्टिय विउ विजन कम्पनीको मुख्य कार्यालय इटहरीमा अघिल्लो वर्ष विक्री भए जति विउ समेत भण्डारण नभएका कारण कम्पनीले यस वर्ष किसानको माग अनुसार विउ उपलव्ध गराउन नसक्ने अवस्था आएको हो । अघिल्लो वर्ष विउविजन कार्यालय इटहरीले १३ सय ट्न गहूँको विउ विक्री गरेकोमा यस वर्ष आफुहरुसंग ४ सय ट्न मात्र गहुँको विउ रहेको कम्पनीका प्रवन्धक राजेश्वर श्रेष्ठले बताए । अघिल्लो वर्ष किसानहरुका लागि अनुदान दिइएको कारण समेत गहँुको विउ वढि विक्रि भएको श्रेष्ठको अनुमान रहेको छ । विउविजनका लागि स्रोत विउ उपलव्ध गराउनु पर्ने सरकारी निकायहरुले नै आफुहरुले माग गरे भन्दा कम मात्रमा स्रोत विउ दिने गरेको समेत श्रेष्ठको गुनासो रहेको थियो । आफुहरुलाई चाहिने जति स्रोत विउ उपलव्ध नभएका कारण विउविजन कार्यक्रम सञ्चालनमा ल्याउन नसक्दा किसानको माग अनुसार विउ उपलव्ध गराउन नसकिने अवस्था आएको वताइएको छ ।

पुर्व तराईमा केही वर्ष यता देखि धानपछि गहँु दोस्रो वालीका रुपमा लगाउने गरिन्छ । पुर्वका झापा,मोरगं,सुनसरी, सप्तरी, उदयपुर लगायतका जिल्लाहरुमा प्रसस्तै गहुँ खेती लगाउने गरिन्छ भने पहाडि जिल्लामा न्युन मात्रमा गहुँ खेती हुने गरेको छ । नेपाली गहुँको विउ राम्रो र सस्तो हुने विश्वासले छिमेकी मुलुक भारत तर्फ समेत गहुँ लगाउने समयमा गहुँको विउ लुकिछिपी लैजाने क्रम समेत केही वर्ष यता देखि हुदै आएका कारण समेत हरेक वर्ष गहुँको विउको हाहकार हुने गरेको छ ।

तपाईको प्रतिक्रिया