इटहरी । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनको मिति नजिकी रहेको समयमा प्रदेसको राजधानी कहाँ वनाउने भन्ने विषय समेत प्रदेस नम्वर १ मा उमेद्वारहरुका लागि चुनावी नारा वन्न थालेको छ ।

प्रदेस नम्वरको राजधानीको संभावना रहेका धरान, इटहरी, धनकुटा र विराटनगरमा पर्ने प्रतिनिधिसभा र प्रदेससभाका उमेद्वारहरुले प्रदेसको राजधानीलाई चुनावी नारा वनाउन थालेका छन । जनताको मत आफु तर्फ तान्न यति बेलामा प्रदेसको राजधानीको विषय चुनावी नारा वनाउन संभावना बोकेका चारै ठाउँका राजनैतिक दल तथा उमेद्वारहरुका लागि वाध्यत्मक वन्न पुगेको छ । त्यसैलाई आधार मान्दै मतदाताका पुग्दा होस यात चुनावी सभा सम्मेलनमै किन नहोस पछिल्लो पटक सुनसरी, धनकुटा र मोरगंका उमेद्वारहरुले प्रदेसको राजधानीका विषयमा वोल्ने गरेका छन । राजनैतिक दलहरु मात्र हैन राजधानीका लागि संभावना भएका विराटनगर,इटहरी ,धरान र धनकुटाका विभिन्न संघसंस्था, पेशा व्यवसायमा आवद्ध मानिसहरु लागि परेका छन । धनकुटामा केही सयम अघि राजधानीको माग राख्दै उल्टो जुलुस निकालीयो , त्यसै गरी विभिन्न दवावमुलक कार्यक्रममा सञ्चालन गरिदै आएको छ । विराटनगर क्षेत्रमा पनि विभिन्न गतिविधिका अलावा प्रतिनिधिका साथै प्रदेससभाका उमेद्वारहरुले राजधानी वनाउने माग राख्दै मत मागी रहेका छन । धरानमा समेत राजधानी प्राप्तीका लागि विभिन्न गतिविधि हुँदै आएका छन । त्यसै प्रदेस नम्वर १मा अर्काे प्रमुख सहर इटहरी क्षेत्रमा समेत प्रादेसीक राजधानीका लागि नागरिक स्तरमा विभिन्न खाले अभियानहरु सञ्चालन गर्न थालिएको छ । आफु उमेद्वार बन्ने क्षेत्रमा पर्ने ठाउँलाई प्रादेसीक राजधानीको दलका उमेद्वारहरुले घोषणा गराउने चुनावी नारा लगाउने क्रममा एकै दलका नेताहरुले फरकफरक ठाँउमा राजधानी वनाउने आस्वासन दिन पछि परेका छैनन । केही दिन पहिले विराटनगर क्षेत्रका काग्रेस उमेद्वारहरुले विराटनगरलाई राजधानी वनाउने विषयलाई चुनावी नारा वनाएपछि त्यसको लगत्तै बाम गठवन्धनका तर्फबाट उमेद्वारहरुले समेत विराटनगरलाई प्रदेसको राजधानी वनाउने दावी गर्दै आएका छन । यही क्रममा सुनसरीको इटहरीलाई प्रादेसीक राजधानी वनाउन माग राख्दै र्याली निकालिएको छ ।

राजधानी सरोकार समाज गठन गरी इटहरीवासीहरुले इटहरीलाई राजधानी वनाउने दवाव दिन थालेका हुन । समाजको नाममा इटहरीमा निकालीएको र्यालीपछि आयोजित कोणसभालाई सम्वोधन गर्ने राजनितिक दलका नेता तथा उमेद्वारहरुले इटहरीलाई राजधानी वनाउनु पर्नेमा जोड दिए । पूर्व संसद कल्पना चौधरीले आफु सहित अन्य पुर्व सांसदहरु रेवतिरमण भण्डारी, अनिता परियार लगायतले संयुक्त रुपमा संसदमा आवाज उठाएको वताइन । इटहरीलाई राजधानी बनाउने विषयमा विजय कुमार गच्छ्यदारले पहिले देखी नै क्याविनेट तथा संसदमा अडान लिँदै आएको समेत भनाइ रहेको छ । इटहरीलाई प्रदेस नम्वर १ को राजधानी वनाउन पुर्वाधायरयुक्त ठाँउ रहेको भन्दै नेपाली काग्रेसका तर्फबाट सुनसरीको प्रदेससभा २ को क का उमेद्वार हेमकर्ण पौड्याल, बाम गठवन्धनका सोही क्षेत्रका उमेद्वार सर्वध्वज साँवा, सुनसरी प्रदेससभा ३ क का वाम गठवन्धनका उमेद्वार लिलम वस्नेत , सुनसरी २को प्रतिनिधिसभाका बाम गठनवन्धका उमेद्वार डमर सुवेदी र इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले पनि इटहरीलाई नै प्रदेसको राजधानी वनाउनु पर्नेमा जोड दिए । प्रदेसको राजधानी प्राप्तीका लागि आयोजना गरिएको र्यालीमा नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दलका प्रतिनिधि, निर्वाचनका उम्मेद्वारहरु, उद्योग वाणिज्य संघ, सामाजिक संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्राध्यापक विद्यार्थी, इटहरीबासी सम्पूर्णको सहभागीता रहेको थियो ।

प्रदेसको राजधानीका विषयलाई लिएर चारै वटै प्रमुख सहरमा भैरहेका गतिविधिहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले प्रदेसको राजधानी उपयुक्त स्थानमा वनाएर प्रदेस नम्वर १ का सवै ठाँउमा जनतालाई सहज वनाउनु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया