इटहरी, २३ कार्तिक । नबरत्न ब्यवसायी सङ्घ नेपालको यही कार्तिक २५ गते इटहरीमा दोस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

सङ्घका महासचिव गङ्गाप्रसाद न्यौपानेले महाधिवेशनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भए अनुसार देशका बीस जिल्लाभन्दा बढिबाट १ सय ७० जना प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता हुनेछ ।

महाधिवेशनले देशभर छरिएर रहेका नवरत्तको कारावार एवम पेशामा सम्लग्न रहेका ब्यवसायीहरुले भाग्नु परेका समस्याका विषयमा विस्तृत छलफल गर्दै नयाँ नेतृत्व समेत चयन गर्ने पनि महासचिव न्यौपानेले पत्रकार सम्मेलनमा थप जानकारी दिनुभयो ।

साथै महाधिवेशनले सङ्घको शाखा विस्तार गर्ने लगायत पेशामा देखिएका त्रुटी र आगामी दिनमा अपनाउनु पर्ने सावधानीका विषयमा पनि ब्यापक छलफल हुने अर्का केन्द्रिय सदस्य भीमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया