विजय राई
धनकुटा, २३ कार्तिक । संयुक्त लोकतान्त्रिक गठनबन्धन निर्वाचन परिचालन तथा निर्देशक समिति धनकुटाको बिहिबार भएको बैठकले जिल्लामा लोकतान्त्रिक गठबन्धनको पहिलो चरणको सप्ताह व्यापाी निर्वाचन परिचालनका कार्यक्रम घोषणा गरेको छ ।
समितिले लोकतान्त्रिक गठबन्धनका धनकुटा जिल्लाका प्रतिनिधि सभामा सुनिल वहादुर थापालाई गोलाकार हलोमा,प्रदेश सभा क्षेत्र नं. १ मा मनोहरनारायण श्रेष्ठलाई रुखमा र प्रदेश सभा क्षेत्र नं. २ मा अर्जुन थापालाई हातले समातेको मसालमा(पुल्ठोमा) मत दिई विजयी गराउनका लागि प्रचार सामग्री र रणनीति पनि तयार गरेको छ ।
समितिले तय गरेको कार्यक्रम अनुसार लोकतान्त्रिक गठबन्धनले कार्तिक २३ गते छथर जोरपाटीमा , कार्तिक २४ गते महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा, कार्तिक २५ गते सागुरी गढीको भेडेटारमा , कार्तिक २६ गते चौविसे गाउपालिकाको राजारानीमा, कार्तिक २७ गते धनकुटा नगरपालिकामा र कार्तिक ३० गते खाल्सा छिन्ताग शहिदभूमी गाउ पालिकाको थलथले बजारमा संयुक्त भेला गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संयुक्त गठबन्धन निर्वाचन परिचालन तथा निर्देशक समितिका सदस्य सचिव तथा प्रवक्ता विजय सन्तोषी राईले चुनावी प्रचार प्रसार समिति संयुक्त रुपमा गठन गरिने कार्यक्रम रहेको वताउनु भयो ।
लोकतान्त्रिक गठबन्धनले जिल्लामा महिला तथा युवा भेला पनि गर्ने भएको छ । सचिव एवम् प्रवक्ता राईले दिनुभएको जानकारी अनुसार कार्तिक २३ गते धनकुटा नगरपालिकामा, कार्तिक २५ गते छथर जोरपार्टी र महालक्ष्मी नगरपालिकाको लागी सिधुवा बजारमा , कार्तिक२६ गते पाख्रिवास नगरपालिका र खाल्ला छिन्ताग शहिद भूमी गाउँपालिकाको लागी हिले बजारमा र चौविसे तथा सागुरीगढी गाउपालिकाको लागीे राजारानीमा संयूक्त यूवा तथा महिलाको भेला गर्ने कार्यक्रम राखेको छ ।
सदस्य सचिव तथा प्रवक्ता विजय सन्तोषी राईका अनुसार कार्तिक ३० गते लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन निर्देशक समितिको बैठक बसी निर्वाचन अभियानमा गठबन्धनका हरेक उम्मेद्वारलाई विजयी बनाउनरुपमा थप कार्यक्रम तर्जुमा गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया