मोरङ । प्रदेशसभा र प्रतिनिधि सभाको निर्बाचन नजिकिँदै जाँदा नेताहरु साझा एजेण्डाका साथ भोट माग्न ब्यस्त छन । प्रायजसो नेताहरुको साझा एजेण्डा नै बनेको छ प्रदेशको राजधानी । मोरङको बिराटनगर, सुनसरीको इटहरी र धनुकटा क्षेत्रका उम्मेदवारहरुको साझा एजेण्डा भनेकै प्रदेशको राजधानी आफनो ठाँउमा जसरी पनि ल्याउने बनेको छ ।

विना विभागीय मन्त्री एवंम माओवादीबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शिवकुमार मण्डलले प्रदेश नम्वर एकको राजधानी विराटनगर बनाउनुको विकल्प नै नभएको भन्दै बुधबार बिराटनगरलाई जसरी पनि राजधानी बनाउने उदघोष गरे । प्रेस चौतरी मोरङ र प्रेस सेन्टर नेपाल, मोरङले आयोजना गरेको भेटघाट एवम छलफल कार्यक्रममा बोल्दै उनले विराटनगरको विकल्प हुँनै सक्दैन यदी कांग्रेसको नेतृत्वको सरकारले विकल्प खोजेमा त्यसको क्याविनेटमा सशक्त प्रतिकार गर्नेछु उनले चेतावनी समेत दिए ।

उच्च अदालत, एक नम्वर प्रदेश प्रहरी कार्यालय स्थापना भइसकेको र राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार पनि बनिसकेकोले विराटनगरको विकल्प हुनै नसक्ने बताए । मंगलबार मात्र एमालेका नेता लालबाबु पण्डितले विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि आफू दृढ संकल्पित रहेको बताएका थिए । । उनले अहिले विराटनगर नाम मात्रैको महानगरपालिका भएको भन्दै यसलाई साँच्चैको महानगर बनाउने बताए । नेता पण्डितले विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने साथै क्षेत्र नम्बर ६ मा रहेको अव्यवस्थित बसोबासलाई व्यववस्थित बनाउने बताए ।

कार्यक्रममा क्षेत्र नम्बर ६ क का प्रदेशसभा उम्मेदवार जीवन आचार्यले विराटनगर विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउने बताउन भ्याए । यस्तै सुनसरीको इटहरीका उम्मेदवार र धनकुटाका उम्मेदवारहरु पनि पछिल्लो समय यहि साझा एजेण्डाका साथ अगाडी बढेका छन । जनताले पत्याउन वा नपत्याउन तर उनीहरुको एउटा नारा भने साझा बनेको छ । यो ललिपप ले कतिदिन काम गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

source – purbelinews

तपाईको प्रतिक्रिया