दुधले आत्मनिर्भर इलाममा दुग्धजन्य उत्पादनको बजार समेत बढ्दै गएको छ । दुग्धजन्य उत्पादन आगन्तुकले कोसेलीको रुपमा लाने गरेकोले स्थानीय बजार कोसेली बजारको रुपमा स्थापित हुन थालेको छ । दुग्धजन्य उत्पादनको बजार बढ्दै गएपछि व्यवसायिक पशुपालन गर्ने किसान पनि बढ्दै गएका छन् । इलामका स्थानीय बजारमा दुग्धजन्य उत्पादनको बजार बढ्दै गएको छ । जिल्लाको व्यपारिक केन्द्रको रुपमा परिचित फिक्कल, कन्याम र पशुपतिनगर बजारमा मात्रै दिनको तीस हजारदेनि सिजनमा पचास हजारसम्म दुग्धजन्य उत्पादनकोे कारोबार हुने गरेको छ । दुग्धजन्य उत्पादनको दैनिक कारोबार बढ्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल हुने जिल्लाका स्थानीय बजारमा दुधबाट उत्पादन भएको ललिपप, चुर्पी, बम्बैसन र पनिर समेतको बजार बढ्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटक देखिने जिल्लाको कन्याम, फिक्कल, पशुपतिनगर इलाम बजारसँगै सीमा बजार राँकेमा दुग्धजन्य उत्पादनको बजार बढ्दै गएको छ । यहाँको प्रत्येक पसल दुग्धजन्य उत्पादनले सजिएको छ । दुग्धजन्य उत्पादनकोे स्थानीय बजारलाई कोसेली बजारको रुपमा परिचित गराउन थालेको छ । दुग्धजन्य उत्पादनको दैनिक हुने कारोबारले राम्रो आम्दानी हुन थालेपछि यसको व्यपार व्यवसायसँगै गाउँ–गाउँमा व्यवसायिक पशुपालन गर्ने किसान पनि बढ्दै गएका छन् । स्थानीय बजारमा जिल्लामै उत्पादन भएको ललिपप र बम्बैसन कोसेलीको रुपमा देशभर पुग्ने गरेको छ । यहाँको डेरीमा उत्पादन हुँने छुर्पी भारत हुँदै अमेरिकासम्म कुकुरको खानाको रुपमा निर्यात हुन थालेको छ । छुर्पी र घ्यू उत्पादन गर्ने जिल्लामा तीस सयको हारहारीमा रहेको डेरी उद्योगले दैनिक २५ हजार लिटर दुध खपत गर्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यो वर्ष इलाममा २० करोड ७९ लाख बराबरको छुर्पीको कारोबार भएको छ । यस्तै ५१ करोड ४० लाख बराबरको घ्यू बिक्री भएको छ । डेरी उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष तीन सय पचास बढीले रोजगारी प्राप्त गरेका छन् । १५ बढी ललिपप र बम्बैसन उद्योग रहेको जिल्लामा दैनिक १० हजार लिटर दुध खपत हुँदै आएको छ । स्थानीय बजारमा कमै परिचित पनिरको बिक्री समेत बढ्दै गएको छ । जिल्लामा पनिरको नगन्य मात्रमा उद्योग भएपनि दैनिक एक सय पचास लिटर दुध खपत हुने गरेको पशु सेवा कार्यालयको अनुमान छ ।

तपाईको प्रतिक्रिया