बारा । बाराका किसानहरुले उन्नत जातका आलुको बिउ समयमा नपाउदा लगानी अनुसारको उत्पादन नहुने भन्दै चिन्तीत भएका छन् । मुख्य आय श्रोतको रुपमा रहेकोे आलु खेतीबाट लगानी अनुसारको उत्पादन नहुने भएपछि बाराका किसानहरु समस्यामा परेका हुन् । १००
जिल्ला कृषि विकास कार्यलय बाराले मौषम अनुसारको खेतीका लागि किसानहरुलाई आवस्यक अनुसार उन्नत जातको बिउ वितरण गर्न नसकेको बाराका किसानहरुले बताएका छन् । सामान्य बिउ रोप्दा प्रति कट्ठा ४÷५ क्विनटल उब्जनि हुने ठाउँमा उन्नत जातको आलुको बिउ प्रयोग रोपेमा उब्जनि बढेर प्रति कट्ठा ७/८ क्विनटल हुने किसानहरुले बताएका छन् ।
कृषक समक्ष उन्नत जातको बिउ पुयाउन प्रि–वेसिक सिड अर्थात मुल बिउ कृषकहरुलाई उपलब्ध गराउदै आएको जिल्ला कृषि विकास कार्यलय बाराले जनाएको छ । बिउ कम भएकोले माग अनुसार किसानहरुलाई आवस्यक बिउ दिन नसकेको कृषि विकास कार्यलयका प्रमुख शिवरत्न साहले स्विकार गरेका छन् ।
आलु खेतीमा बारा जिल्लामा प्रति हेक्टर १५ मेट्रिक टन उत्पादकत्व रहेको कृषि विकास कार्यलयको तथ्याङ्क रहेको छ । किसानहरुले उन्नत जातका बिउको प्रयोग प्रयाप्त गर्न नसेकाले आलुको उत्पादकत्व घटेको छ । जिल्लामा ७ हजार ३० हेक्टर जमिनमा आलु खेती हुन्छ ।

तपाईको प्रतिक्रिया