नेपली जनताले आफूलाई अवसर दिएमा आर्थिक समृद्धी गरी देशको उदाहरणिय आर्थिक नमुनाका केन्द्र वनाउने वाँचा गर्दै सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानको क्रममा बाम गठवन्धनका तर्फवाट उम्मेदावरी दिएकी भगवती चौधरीले बताउनु भयो । चुनावी अभियानका क्रममा जनतासँग घरदैलो कार्यक्रममा सकृय रहेकी चौधरी आफूसँग देश विदेशका अनुभव रहेको र विकासका एकसे एक योजना आफूसँग रहेकाले आफूले काम गर्ने अवसर पाएमा यस क्षेत्रको हरेक क्षेत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उधोग कल कारखाना, रोजगारीका क्षेत्रमा आमुल परिवर्तण गरी जनताको सहज जिविको पार्जनका लागि आफ्नो प्रतिवद्धता जनाउनु भयो । देशको विकासको लागि उधोग कल कारखानालाई सञ्चानमा ल्याउन उधोगीहरुको उचित वातावरण वनाउने, श्रमीकहरको हक र अधिकार समेत उचित ख्याल गर्ने का नेकपा एमालेले गरेको हुदाँ आउदा दिनका समेत त्यको वढावा वा कदर गर्नेमा जोड दिनु भयो ।
चौधरीले अगाडी थप्दै कृषि क्षेत्रलाई व्यवसायिकीकरण गरी किसानहरुलाई प्रोत्साहित गर्ने, महगो शिक्षालाई सर्वशुलभ वनाउनका लागि शिक्षा निति तयार गर्ने र प्राविधिक शिक्षालाई सव्रको पहुँच वनाउने र हरेक गाँउमा डाक्टर ईन्जिनियर उत्पादन गर्ने दोहोर्याउनु भयो । गाँउ गाँउका कच्चीवाटो लाई ग्राभेलवनाउने र ग्राभेल भएको वाटोलाई कालोपत्रे गर्ने तथा क्षेत्र नं. ३ मा रीङ्ग रोड निर्माण गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।
नेपाली जनताले नेपाली काँग्रेसलाई ३ पटक वहुमत दिएर जिताए तापनी नेपाली जनताको मतको अवमुल्यन नेपाली काँग्रेसले गरेको कुरा हामी सामु सर्व विदितै छ । त्यस कारण यस पटक वाँम गठवन्धनले केन्द्र र प्रदेशको सरकार वनाउने पक्का भई सकेकोछे नेपाली जनता आफूलाई कुनै पन िहालतका विर्सन नसक्ने दावी गरे ।

 

तपाईको प्रतिक्रिया