इटहरी । किसानहरुलाई रासायिनीक मल विक्री वितरण गर्दै आएको कृषि सामाग्री कम्पनी इटहरीले युरिया मल विक्रि वितरण नगर्दा किसानहरु मारमा परेका छन ।

केही समय अघि किसानहरुको सहजताका लागि अनुदान सहित विक्री वितरणका लागि आएको युरिया मल केन्द्रवाट नै विक्री नगर्न निदेशन आएपछि कृषि सामाग्री कम्पनीको इटहरी उपशाखाबाट विक्रि वितरण नहुदाँ किसानहरु मारमा परेका हुन ।

गहुँ तथा अन्य बालीका लागि आवश्यक पर्ने युरिया मल कृषि सामाग्री इटहरीमा आएको भएपनि केन्द्रले विक्री नगर्न निर्देशन दिएपछि आफुहरुले विक्री वितरण कार्य रोकेको कृषि सामाग्री कम्पनी इटहरीका प्रमुख मेघराज लामिछानेले जानकारी दिए । उनले डिएपी मल आइनसकेको तथा युरिया मल तत्काल विक्री गर्नु भन्ने निर्देशन आएकाले विक्री नगरिएको वताए । त्यसै गरी कृषि सामाग्री कम्पनी इटहरीमा अहिले पोटाँस, कृषि चुन विक्री भई रहेको जानकारी दिए । लामिछानेले के कारणले युरिया विक्री नगर्नु भनिएको हो त्यो आफुलाई थाहा नभएपनि केन्द्रको निर्देशन बमोजिम विक्री भने नगरिएको वताए । कृषि सामाग्री कम्पनीले विक्रीका लागि ल्याएको युरिया मलको तौल उल्लेख भए भन्दा कम पाइएको प्रकासमा आएसंगै कम्पनीले तत्काल युरिया मल विक्री नगर्न मातहतका निकायहरुलाई निर्देशन दिएको थियो ।

अघिल्लो वर्ष कृषि सामाग्री कम्पनी इटहरीले ३ हजार मेट्किटन युरिया, १७सय मेट्किटन डिएपी र २ सय मेट्रिकटन पोटाँस विक्री भएको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया