इटहरी । मिडिया नेपालले आगामी संघिय तथा प्रदेसभाको निर्वाचनमा राष्ट्वादि तथा लोकतान्त्रिक पक्षधरहरुको विजयले मात्र संविधानले परिकल्पना गरेको लक्ष्य स्थापित हुने भन्दै आफु मातहतका संचारकर्मीहरुलाई सो दिसामा लाग्न अपिल गरेको छ ।

आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधी तथा प्रदेससभाको निर्वाचनलाई लक्षित गरी बसेको मिडिया नेपालको बैठकले विचार र सिद्धान्त मिल्नेहरुसंग सहकार्य गरि सक्रियताका साथ क्रियासिल हुन आग्रह गरेको हो । मिडिया नेपालका अध्यक्ष गोपालप्रसाद पौडेलद्धारा जारि विज्ञप्तीमा आगामी निर्वाचनमा राष्ट्वादी तथा लोकतान्त्रिक पक्षधर शक्ति तथा उमेद्वारहरुको विजयले मात्र संविधानले परिकल्पना गरेको लक्ष्य स्थापित हुने भनिएको छ । त्यसै गरी विज्ञप्तीमा स्वच्छ स्वतन्त्र निपष्क्ष, एवं भयरहित वातावरणमा सम्पन्न हुने निर्वाचनले मात्र संविधानले परिकल्पना गरेको लोकतान्त्रिक राज्य प्रणालीको बलियो आधार निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया