इटहरी, २१ कर्तिक  । साहित्यकार एवम कथाकार खगेन्द्र थापाद्धारा लिखित एवम भुडीपुराण प्रकाशनद्धारा प्रकाशित अतिक्रमण कथा सङ्ग्रह पुस्तकको आज इटहरीमा यहाँका मुर्धन्य साहित्यकार एवम लेखकहरुद्धारा सामुहिक रुपमा रुपमा लोकार्पण गरिएको छ ।
कथाकार खगेन्द्र थापाद्धारा लिखित १९ वटा समसामयिक कथाहरु समेटर प्रकाशित कथा सङ्ग्रह पुस्तकको कार्यक्रमका प्रमुख अतिथि वियोग सापकोटा प्राध्यापक डा. द्धय टङ्क न्यौपाने बद्रीविशाल पोख्रेल अनिल पौडेल र लेखनाथ घिमिरेले लोकार्पण गर्नुभएको थियो ।
उन्नाईसवटा कथा समेटिएको २ सय १६ पेजको उक्त कथा सङ्ग्रहमा समेटिएका कथाहरुका विषयमा प्राध्यापक एवम साहित्यकार रमेश घिमिरेले समीक्षा गर्नुभएको थियो । उहाँले कथाहरु ज्यादै जीवन्त र मार्मिक रहेकाले पाठकहरुका लागि पुस्तक ज्यादै पठनीय किर्तिका रुपमा बाहिर आएको बताउनुभयो ।
अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष प्राचार्य लेखनाथ घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राध्यापक डा. द्धय टङ्क न्यौपाने र बद्रीविशाल पोख्रेलले कथाकार एवम लेखकको उपस्थिति बिना नै सार्वजनिक भएको अतिक्रमण हरेक पाठकका लागि ज्यादै पठनीय साहित्यिक सङ्ग्रहका रुपमा आएको कुरामा जोड दिनुभयो ।
उक्त अवसरमा साहित्यकारहरु अनिल पौडेल केशव सुनाम कृष्ण अधिकारी लगायतका साहित्यकारहरुले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया