२१ कार्तिक, २०७४/ सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानको क्रममा बाम गठवन्धनले गरेको कार्यक्रममा वर्जु गाँउपालिकाको अमडुवा (हर्वोनी) मा विभिन्न पार्टी परित्याग गरी ५०० जना नेता कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गरेका छन । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई फूलमाला तथा अविर लगाई नेकपा एमालेका केन्द्रिय सचिव भीम आचार्य र आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि वाम गठवन्धनका तर्फवाट उम्मेदावरी दिएकी भगवती चौधरीले स्वागत गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नु हुदै चौधरीले जनताको एक एक मतको सदुयोग गर्ने र जनतालाई आश्वासन हाईन काम गरेर देखाई दिने वाँचा समेत गर्नु भयो ।

सामाजिक सुरक्षा भत्ता २ हजार वाट ५ हजार वढाउने, गरिवीको रेखामूनी रहेकाहरुलाई विशेष कार्यक्रम मार्फत अत्पकालिन र दिर्धकालिन कार्यक्रम सञ्चालन गर्ने, महिला, दलित, जनजाती, मधेशीको अधिकार रक्षाका लागि आफू सजग रहेको र कटिीवद्ध रुपमा काम गरि रहेको हुदा अझ निरन्तर र सशक्त भई काम गर्ने, क्षेत्र नं. ३ मा रहेको सार्वजनिक सम्पतिहरुको संरक्षण गरी सुधार निर्माण गर्ने गरी देशको आयआर्जनका लागि विशेष प्याकेज वनाउने, पर्यटकिय क्षेत्रहरुको विकास विस्तार गरी आन्तरिक र वाह्य पर्यटक भित्राउने त्यसका लागि चिमडीको वर्जु ताल, औरावनीको गढदेव बुद्ध लगायतको स्थानहरुको पहिचान गरि सकिएको दावी गरे । चौधरीले अगाडी थप्दै कृषि क्षेत्रलाई व्यवसायिकीकरण गरी किसानहरुलाई प्रोत्साहित गर्ने, महगो शिक्षालाई सर्वशुलभ वनाउनका लागि शिक्षा निति तयार गर्ने र प्राविधिक शिक्षालाई सव्रको पहुँच वनाउने र हरेक गाँउमा डाक्टर ईन्जिनियर उत्पादन गर्ने दोहोर्याउनु भयो ।
सोही प्रसँगमा वोल्नु हुदै चौधरीले महिला नेतृत्व विकासका लागि आफु निरन्तर गारि रहेको र आउदा दिनमा यसलाई राज्यका नितिगत व्यवस्था गर्ने, गाँउ गाँउका कच्चीवाटो लाई ग्राभेलवनाउने र ग्राभेल भएको वाटोलाई कालोपत्रे गर्ने तथा क्षेत्र नं. ३ मा रीङ्ग रोड निर्माण गर्ने समेत प्रतिवद्धता जनाउनु भयो । 
कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सचिव भीम आचार्यले वोल्नु हुदै भगवती चौधरी देश र जनताको गहना हो, देश र जनताको सेवाका लागि र देश विकासका लागि अहोरात्र काम गरि रहनु भएको छ । क्षेत्र नं. ३ सुनसरीका जनताले अत्याधिक मनपराएकाले निजको जीत सुनिश्ति भई सकेको छ । हाम्रो पार्टी एमालेवाट समेट उनको उच्च मुल्या“कन गरिरहेकोले यस पटक आफ्नो मत खेर नफाली सुर्य चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन अनुरोध गर्नु भयो । कार्यक्रममा माओवादीका नेता संतोष थारु, नयाँ शक्तिका शम्भु चौधरीले भगवतीको हरेक कदममा हाम्रो साथ र सहयोग रहने वाँचा गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया