इटहरी, । इटहरीमा पहिलो पटक मिस इटहरी पूर्वाञ्चल प्रतियोगिता आयोजना गरिने भएको छ । पूर्व नेपालको पर्यटन प्रवर्धन तथा व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
प्रतियोगितालाई इमेज इभेन्ट सोलुसन प्रा.लि,ककटेल्स एण्ड ड्रिम्स इटहरी, परिहरन बुटिक र रुपकला मेकअप स्टुडियोले आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा १५ बर्ष देखी २५ बर्ष सम्मका अविवाहित युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजक मनिता तामागंले जानकारी दिइन । प्रतियोगिताको आवेदन १९ गतेबाट खुला परिने बताइएको छ । प्रतियोगिताको अडिसन मंसिर २५ गतेबाट इटहरीमा गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रतियोगितामा मिस इटहरी पूर्वाञ्चल, फस्ट रनरअप र सेकेण्ड रनरअप छानिने छ । विजेताले क्रमशः प्रथमलाइ १ लाख ५० हजार, दोस्रो लाई ७५ हजार, र तेस्रो हुने लाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजक इमेज इभेन्ट सोलुसन प्रा. लिका रमेश राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया