१. सुरक्षा र सुशासन को बलियो अाधार ईटहरी

★ अख्तियार दुरुपयोग अनुसन्धान अायोग को पुर्व क्षेत्रिय कार्यलय पनि ईटहरी मै छ । हिजो मात्र भवन उद्घाटन भयो ।

★ नेपाली शेना को पुर्वी पृतना पनि ईटहरी मै छ ।

★ सशस्त्र प्रहरी को पुर्व क्षेत्रिय कार्यालय ईटहरी मै छ ।

★ दङ्गा नियन्त्रण प्रहरी को पुर्व क्षेत्रिय कार्यलय ईटहरी मै छ ।

★ पुर्व क्षेत्रिय ट्रा.प.का. पनि ईटहरी मै छ ।

★ राजश्व अनुसंधान विभागको क्षेत्रिय कार्यालय ईटहरी

 

२. जनघनत्व बृद्धी दर उच्च ईटहरी माओवादी जनयुद्द काल देखि नै सुरक्षित शहरको रुपमा परिचित हुदै गयो । सुरक्षा का प्रमुख मेरुदण्डहरु ईटहरी मै क्षेत्रिय कार्यलय स्थापना गरी बस्नाले यो शहर सुरक्षित छ भन्ने छाप पर्नु सामान्य नै हो । यसै कारणले गर्दा सबै को बसोबासको अाकर्षक केन्द्रविन्दु बन्दै गयो ईटहरी । विगत १० बर्ष भित्रको मात्र तथ्याङ्कले यो कुरा पुष्टि गर्छ ।

 

३. व्यापारिक जगतमा ठुलो फड्को ईटहरी अहिले पुर्वाञ्चलकै अत्याधुनिक व्यापारिक केन्द्रको रुपमा स्थापित भईसकेको छ । ठुला ठुला लगानीकर्ताको रोजाईमा ईटहरी नै पर्ने भएकाले याहा अत्याधुनिक मल, सपिङ्ग कम्प्लेक्स, हाउजिङ्ग, अाधिकारिक विक्रेताहरु, व्यवस्थित तारे होटलहरु, बैक तथा वित्तिय संस्थाहरु अादि सबै को बाक्लो उपस्थिति छ ।

४. अन्य क्षेत्रिय कार्यलयहरु

★खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको खानेपानी क्षेत्रिय ल्याब ईटहरी

★क्षेत्रिय कृषी अनुसंधान केन्द्र

★प्राविधिक शिक्षा सि.टि.ई.भि.टि को पुर्व क्षेत्रिय कार्यालय ईटहरी

★ क्षेत्रिय रङ्गशाला इटहरी ५. भौगोलिक सुगमता ईटहरी भौगोलिक रुपले सुहाउदो र सुगम छ । प्रशस्तै जग्गा जमिन को उपलब्धता, सिमा नाका बाट हुनु पर्ने अावश्यक दुरिमा अवस्थित, सबै जिल्लाहरुको सहज केन्द्रविन्दु ।

तपाईको प्रतिक्रिया