भोटराज राई
उदयपुर, कात्तिक १४ गते । महिला तथा वालवालिका समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले राष्ट्रको अखण्डताका लागि सबै पार्टी मिल्न आग्रह गर्नुभएको छ ।
गाईघाटमा मंगलबार आयोजित अपांग तथा बृद्धबृद्धाहरुको सामाजिक न्याय विषयक अन्तरक्रियामा बोल्दै राज्यमन्त्री भट्टराईले देशलाई टुक्राउन नहुने भन्दै राष्ट्रिय अखण्डताका लागि आग्रह गर्नुभएको हो ।
राप्रपा नेपालको केन्द्रिय सदस्यसमेत रहनु भएकी राज्यमन्त्री भट्टराईले नेपालभुमीमा जन्मिसकेपछि जम्नभूमिका लागि केही न केही गर्नुपर्ने, पार्टी भन्दा माथि उठेर देशको लागि गर्नुपर्ने बताउनुभयो । राष्ट्र अहिले तरल अवस्थामा रहेको भन्दै उहाँले राष्ट्रलाई शिरमा राखेर हिड्नु पर्ने र नेपाल मातालाई हसाँउनु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया