इटहरी । सुनसरीको इनरुवामा व्यक्तिगत घटना दर्ता सँगै नागरिकता प्राप्तिको सहज बाटो पहिल्याउने उद्येश्यसाथ निर्वाचित जनप्रतिनिधिहरुसँग परामर्श गरिएको छ । स्थानीय तहले झेल्दै आएको सामाजिक तथा कानुनी अड्चन सँगै सबैको समान र सहज पहुँच स्थापित गराउन महिला, कानुन र विकास मञ्चले इनरुवा नगरपालिका निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरेको हो । इनरुवा नगरपालिका प्रमुख राजन मेहता, उपप्रमुख जमुना पोखरेल लगायत वडा अध्यक्ष सहितका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रममा मञ्चकी कार्यक्रम संयोजक अधिवक्ता सुजना मर्हजन, मिना गिरी लगायतले सहज नागरिकता प्राप्तीकालागि स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाबारे सहजिकरण गरेका थिए । आमाको नामबाट नागरिकता प्राप्तीको आधारबारे कानुनमा स्पष्ट उल्लेख भएपनि व्यवहारिक पक्ष कार्यान्वयनमा आउन नसकी रहेको विषयमा कार्यक्रममा जोड दिदै कचरी नाटक प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया