युवराज विष्ट
भोजपुर । पहिलो चरणमा आगामी मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा म्यादि प्रहरीको छनौट प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण, शरिरिक तन्दुरुस्ती , लिखित र अन्तरवार्ता मार्फत उनिहरुलाई छनौट गरिएको हो । जिल्ला सुरक्षा समितिले विहीवार राती सम्म लगाएर नतिजा तयार गरि शुक्रवार सार्वजनिक गरेको छ । जिल्लामा आवश्यक पर्ने म्यादि प्रहरी छनौटका लागी गत असोज २४ गते बाट ३० गते सम्म आवेदन माग गरिएको थियो । भोजपुर जिल्लामा निर्वाचनका लागी ६ सय ६५ म्यादी प्रहरी आवश्यक भएपनि वैकल्पीकमा १ सय ३३ थप गरि नतिजा सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सफल भएकाहरुले नियुक्ति लिन नआएमा, तालिमको वा कार्यक्षेत्रमा खटाएको रहेको वेला भागेमा वैकल्पीकहरुबाट क्रम अनुसार वोलाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिए। छनौट भएकाहरुलाई यहि १२ गतेबाट २४ गते सम्म आधारभुत तालिम दिएर कार्यक्षेत्रमा पठाइने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सहित ४ ओटा इलामा प्रहरी कार्यालयमा उनिहरुको तालिम हुने प्रहरीको भनाई छ ।

 

 

तपाईको प्रतिक्रिया