गाेपाल काफ्ले

पथरी ।  माेरङकाे बयरबनमा जारी पुर्वाञ्चल स्तरीय दाेस्राे बयरबन फुटसल 6-A-Side कपमा पशुपती फुटवल क्लव विजयी भएकाे छ । पथरी स्पाेटिङ क्लव पथरीलाई ४ का बिरुद्ध ५ गाेल गर्दै पशुपती फुटवल क्लव ईटहरी बिजयी भएकाे छ । निकै प्रतिस्प्रदात्मक खेलमा पशुपती फुटवल क्लवका लागि अमर मगरले खेलकाे ६,२७ र ३८ अाैं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरे भने दिलिप राजबंशीले ८ र ४१ अाैं मिनेटमा गाेल गर्दै अाफ्नाे टिमलाई बिजयी गराए । त्यस्ताै पथरी स्पाेटिङ क्लवका लागि साईमन लिम्बुले खेलकाे १२, १६ र २४ अाै मिनेटमा गाेल गर्दै ह्याटिक गरे र मीन धिमालले ४९ अाै मिनेटमा गाेल गरे । खेलकाे म्यान अफ द म्याच पथरी स्पाेटिङका ह्यट्रिक कर्ता साईमन लिम्बु घाेषित भए । भाेलीकाे खेल माेरङ कलेक्सन र धरान फुटवल क्लव सुनसरी बिच हुने छ । बयरबन युवा जमातकाे अायाेजनामा सुरू भएकाे युराेपियन खेल six-a-side लाई फुटसलकाे नाममा खेलाईएकाे हाे । कातिक ६ देखि १५ सम्म संचालन हुने खेलमा पुर्वका ८ टिमकाे सहभागी रहने छ । जनता अाधारभुत बिध्यालय कानेपाेखरी ४ बयरबनकाे खुल्ला खेल मैदानमा हुने खेलकाे विजेताले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन उपविजेताले ३० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया