इटहरी । हिन्दु धर्मावलम्वीहरुले विशेष आस्था र निष्ठापूर्वक पौराणिक कालदेखि मनोकाङ्क्षा पूर्ण हुने अटल विश्वासकासाथ सूर्य भगवानको उदाउँदो र अस्ताउँदो अवस्था लाई पूजा गरिने छैठी माताको घाट तयारी भई रहेको छ ।
यो चाँड विशेषगरी मिथिलाबासीले भक्तिपूर्वक मनाउँदै आएको यो छैठी माताको पूजापाठ पछिल्लो समयमा आएर सम्पूर्ण तराईबासी र पहाडे समुदायका मानिसहरुले समेतले निष्ठापूर्वक एकै ठाउँमा भेला भएर मनाउने साझा पर्वएका रुपमा छैठ पूजाको महिमा बढिरहेको छ ।
चौबीस घण्टा निराहार ब्रत बसेर कार्तिक ९ गते अस्ताउँदो सूर्य र १० गते विहान उदाउँदो सूर्यलाई अर्घ चढाएर फलफूल ठेकुवा, भुसुवा,केरा,नरिवल लगायतका प्रसाद समेत अर्पण गरी ती सवै फूल प्रसाद छरछिमेकी र आफन्तहरुलाई बाँडेपछि ब्रतालुहरुले खुशीसाथ प्रसाद ग्रहण गरेपछि छैठ पूजा विधिपूर्वक सम्पन्न हुने गर्दछ ।
अस्ताउँदो सूर्यलाई अर्घ चढाउने दुई दिन अघि अर्थात यो बर्षको कात्र्तिक ७ देखि नै शुद्ध आत्माले स्नान गरी साकाहारी खाना खाएर कार्तिक ८ गते खरना गरी उल्लासपूर्वक पूजा घाटमा सूर्य देव छैठी माताको प्रतिमा भब्य रुपमा उत्सवकासाथ पूजास्थल प्रतिष्ठापन गर्ने कार्यक्रम सम्पन्न गर्ने तयारी रहने गरेको छ ।
यही क्रममा मोरगंको सुन्दर हरैचा नगर पालिका र इटहरी उपमहानगरको संगम स्थल बुढीगङ्गा जमुना मुक्ति घाट क्षेत्रमा छैठ पूजाको तयारीका लागि छैठ पूजा समारोह समितिले करिव ६ लाखको लगानीमा ४ सय स्टलको तयारी गरेर छैठी माताको पूजा तथा साँकिृतिक,भजन किर्तन लगायतको कार्यक्रमको भब्य तयारी भई रहेको आयोजक समितिका अध्यक्ष राजु रायले बताउनु भएको छ ।
सुनसरी र मोरङ्ग जिल्लाका स्थानीयवासी भक्तजनहरुको बिशाल सहभागिता रहने बुढीगङ्गा जमुना मुक्ति घाटमा छैठ पूजास्थललाई सजिसजाउ गर्ने कार्यमा छैठ पूजा समारोह समितिले सोमवार देखि नै काम गरिरहेको सल्लाहकार हिरा महतोले जानकारी दिनुभयो । इटहरीको यो धार्मिक तीर्थस्थल बाहेक सुनसरीको धरानस्थित सर्दू जलाधार क्षेत्रको सेउती खोला किनार जिल्लाको सदरमुकाम इनरुवाको सुनसरी खोला र कोशी ब्यारेज क्षेत्रमा पनि छैठा पूजाको घाट तयारी भई रहेको छ ।
नदी खोला तलाउ पोखरी आदि स्थानमा छैठ पूजा तयारी गर्ने क्रममा झुम्का पकली दुहवी खनार सोनापुर लगायतका क्षेत्रमा पनि छैठ पूजा स्थल बनाउने कार्य भई रहेको छ । यस जिल्लाको कोशी ब्यारेज क्षेत्रमा भारत विहारको बीरपुर लगायतका क्षेत्रका भक्तजनको समेत विशाल सहभागिता रहने गरेको छ ।

तपाईको प्रतिक्रिया