इटहरी । सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा गएराती भएको सवारी दुर्घट्नामा परेर दुई जनाको ज्यान गएको छ । ती घट्नामा अरु तीन जना गम्भीर घाईते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भई रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराती सवा १२ बजेतिर इटहरी १७ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको को ११ प ८०८५ नम्वरको मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरेको बा १३ च ३३४१ नम्वरको कार एक आपसमा जुध्दा मोटरसाईकलको पछाडी बसेर यात्रारत रामधुनी ४ का २५ बर्षीय उपेन्द्र घिमिरेको ज्यान गएको छ ।
मोटरसाईकल चालक सोही स्थानका २५ बर्षीय कमल घिमिरे र उपे्न्द्र दुवै गम्भीर घाईते भएको अवस्थामा राती नै उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएपछि उपेन्द्रको मृत्यु भएको हो भने कमल घिमिरेको भने उपचार भई रहेको पनि ट्राफिक प्रहरीले जानकारी दिँदै कार चालक बाबुराम प्रधान घाईतेको उपचारमा सम्लग्न रहेको भए पनि उनी प्रहरीको निगरानीमा रहेको बताईएको छ ।
यसैगरी राती नै साढे ११ बजे सुनसरीको दुहवी नगरपालिका ४ डाँडाचोकमा डब्लु बी १५ ए ७९९५ नम्वरको ट्रकले विपरित दिशावाट अगाडी आउँदै गरेको को २० प ६०५९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा सोही मोटरसाईकलमा यात्रारत दुहवी ४ का २५बर्षीय कुन्तोष चौधरीको मृत्यु भएको छ ।
ट्रकले ठक्कर दिँदा मोटरसाईकलमा यात्रारत दुहवी ४ का मोटरसाईकल चालक सञ्जय साह तथा सोही स्थानका मोटरसाईकलमा सवार २५ बर्षीय कृष्ण विश्वास र अर्का पछाडी बसेका २५ बर्षीय कुन्तोष चौधरी गम्भीर घाईते भई उपचारार्थ विराटनगरेको गोल्डेन अस्पताल पु¥याएपछि कुन्तोषको मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ ।
गम्भीर घाईते अन्य दुई जनाको भने अस्पतालमा नै उपचार भई रहेको छ । ट्रकका चलाक भने फरार रहेकाले उनको खोजी भई रहेको र ट्रकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया