इटहरी । पूर्वी नेपालका पशुपालक किसानहरुलाई ब्यवसायिक र उद्यमी बनाउँदै दुग्धजन्य वस्तु उत्पादनको क्षेत्रमा आत्मनिर्भर अभियान चलाउँदै आएको कामधेनु दुग्ध उत्पादक सहकारी संस्था इटहरीले आफ्नो १८ औ साधरणसभा सम्पन्न गरेको छ ।
पूर्वी नेपालको तराईका तीन र पहाडी क्षेत्रका तीन जिल्ला सहित ६ जिल्लाका पशुपालक किसानहरुलाई संस्थागत एवम ब्यक्तिगत शेयर सदस्य बनाउँदै दुग्धजन्य परिकार उत्पादनको क्षेत्रलाई उद्योगको आकार लिने भरमग्दुर प्रयासमा रहेको यस कामधेनु दुग्ध उत्पादक सहकारीले हजारौ पशुपालक किसानहरुलाई आत्मनिर्भर बनाउने सफलता दिलाउँदै आएकाले यसको लोकप्रियता किसानहरुको माझमा फैलिएको पाईएको छ ।
ब्यवसायिक पशुपालक किसान एवम सहकारीलाई लाखौको ऋण सहयोग समेत उपलब्ध गराउँदै अघि बढिरहेको यस कामधेनुले १८ औ स्थापना दिवश मनाउन आईपुग्दा ३० करोड २१ लाख ७७ हजार ८ सय १० रुपियाँको कारोवार गर्न सफल भएको छ । दुग्ध दहि मक्खन घिउ चिज मोही क्रिम खुवा पनिर नौनी लगायतका धेरै प्रकारका दुग्धजन्य वस्तु उत्पादन एवम विक्री कारोवार गर्दै आएको छ ।
इटहरी–२० को तरहरामा रहेको कामधेनुले इलाम, झापा ,मोरङ्ग ,सुनसरी धनकुटा र तेह्रथुम जिल्लाका धेरै किसानहरुलाई सङ्गठितमात्र गरेको छैन यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पनि सिर्जना गर्दै आएको छ । यस सहकारीले इटहरीमा रहेको सहकारी कार्यालयमामात्र ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
इटहरीको आँपगाछी क्षेत्रमा बीस करोड रुपियाँको कार्यालय एवम उद्योग समेत स्थापनाको सिलान्यास समेत गरि सकेको कामधेनुले यो साधारणसभा समारोहमा उत्कृष्ठ र गुणस्तरीय सेरा दुग्ध उत्पादक सहकारी, प्रकाशपुर दुध उत्पादक सहकारी र अन्नपूर्ण कृषि सहकारीलाई प्रथम दोस्रो र तेस्रो घोषणा गर्दै क्रमशः १४ हजार १२ हजार र १० हजार नगद सहित सम्मान समेत गरेको छ ।
साधरणसभामा नियमति दुध ल्याउन दुग्ध उत्पादक सहकारी लेटाङलाई पनि १४ हजार नगद सहित सम्मान गरेको छ भने चार जना कर्मचारी सुशिला ढकाल मोहन खनाल भुवन कट्वाल र गर्जमान राईलाई जनही ७ हजार नगद सहित उत्कृष्ठ कर्मचारी सम्मान ग¥यो भने ३ जना असल ऋणीहरुलाई पनि जनही ३ हजार नगद सहित सम्मान ग¥यो । सोही अवसरमा ३९ जना बजार प्रतिनिधिहरुलाई पनि नगद २ हजार सहित प्रसंसा पत्र प्रदान गरेको छ ।
कामधेनु दुग्ध उत्पादक सहकारीका अध्यक्ष टीकाप्रसाद ओझाको अध्यक्षतामा भएको उक्त साधारणसभामा दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश गुरागाई, सगुन सहकारीका अध्यक्ष टीकादत्त बन, बिमल पौडेल बाबुराम दाहाल कृष्ण अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया