इटहरी । इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असक्तहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन थालेको छ ।

उपमहानगरपालिकाका प्रमुख सहितको टोलीले सामाजिक सुरक्षा भत्ता पाउने नगरक्षेत्रका उमेरका कारण तथा अपागंता भएकाहरुलाई घरमै पुगेर भत्ता रकम हस्तान्तरण गर्न थालेका हुन । असक्तहरुलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्याउने अभियानको थालनीको इटहरी उपमहानगरपालिकाले पहिलो दिन ६ जनालाई घरमै पुगेर भत्ता उपलव्ध गराइएको हो । उपमहानगरले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान अन्र्तरगत इटहरी २ की १०८ बर्षीय हरिमाया राई इटहरी ४ की ९६ बर्षीया नारायणी ढुङ्गेल इटहरी ६ की एक सय बर्षीया खड्कुमारी पराजुली इटहरी ४ की ८३ बर्षीया किष्णुमाया दर्जी इटहरी ५ का अशक्त ७५ बर्षीय सन्तबहादुर भुजेल र इटहरी ८का १६ बर्षीय अपाङ्गता भएका कुमार न्यौपानेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरियो । उपमहानगरपालिकाका निर्वाचित पदाधिकारीहरु समेत उपस्थित भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि स्थानीयहरु उत्साहित भएका छन । त्यसै गरी उपमहानगरपालिका क्षेत्रमा वसोवास गर्ने सामाजिक सुरक्षा भत्ता पाउने असक्तहरुलाई पाँच वर्ष सम्म घरदैलो मै पुगेर भत्ता वितरण गर्ने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन । इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिनेहरुका लागि वडा स्तरमै रहेका बैकहरुबाट सेवा प्रदान गर्ने गरी व्यवस्था गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया