। भौतिक पूर्वाधारको सम्पन्नतासँगै विद्यार्थीको उल्लेख्यता रहेको इटहरीमा सञ्चालनमा रहेको जनता बहुमुखी कलेजले शिक्षा क्षेत्रको गुणस्तर सुनिश्चितता प्रत्यायन सर्टिफिेकट प्राप्त गर्दै प्रदेश नम्वर १ को विश्वविद्यालय बन्ने अन्तिम तयारीमा पुगेकोे छ । विभिन्न सङ्कायको उच्च तहसम्मको अध्यापन गराउँदै आएको यस कलेजले प्रदेश नम्वर १ को मान्यता प्राप्त विश्व विद्यालयका रुपमा अघि बढ्दै जाने सम्पूर्ण तयारीमा जुटेको क्याम्पस प्रमुख भोजराज श्रेष्ठले जानकारी दिदै कलेजले त्रिभुवन विश्वविद्यालयले जस्तो अन्य कलेज सञ्चालनको स्वीकृति अर्थात आङ्गिक कलेजको मान्नेता भने दिँदैन भन्ने कुरा पनि थप जानकारी दिनुभयो । कलेज प्रशासनले ब्यवस्थापन मानविकी र शिक्षा सङ्कायको स्नातकोत्तर तहसम्मको अध्यययन गर्दै आएको अवस्थामा यसै शैक्षिक बर्षदेखि स्नातक तहसम्मको सामाजिक कार्य र आम सञ्चार विषयको अध्यापन कक्षा सञ्चालनको स्वीकृति प्राप्त गरेको तथा त्यसको अध्यापक ब्यवस्थापनको तयारीमा जुटेको पनि क्याम्पस प्रमुख भोजराज श्रेष्ठले जानकारी दिनुभयो । वि.स.ं २०४५ सालमा जनस्तरबाट स्थापना भई हाल ६ बिगाह जमिनको क्षेत्रमा कम्तिमा १० करोड बढिको लगानीमा शैक्षिक भौतिक पूर्वाधार समेतको निर्माण सम्पन्न गरि सकेको जनता बहुमुखी कलेज इटहरीले पूर्वमा नै सवैभन्दा बढि प्लस टु सहित विभिन्न सङ्कायमा ३२ सय बढि विद्यार्थी अध्यापन गर्दै आएको छन ।  सम्भवत हालको प्रशासनिक संरचना अनुसार प्रदेश नम्वर १ कै शैक्षिक गुणस्तर सुनिश्चिितता प्रत्यायन सर्टिफिकेट प्राप्त गर्ने सवै मापदण्ड समेत पुरा गरी क्रमशः इन्जिनीयरिङ्ग विषयको स्नातक तहको अध्ययापन समेतको तयारीमा पुगेको जनता कलेज पूर्वी नेपालकै शैक्षिक हवका रुपमा पनि विकास भई रहेको त्यहाँका प्राध्यापकहरु टोलनाथ काफ्ले र अर्जुन उप्रेतीले बताउनु भयो ।  जनस्तरबाट लगानी भई सञ्चालनमा आएको जनता बहुमुखी कलेजसँग लामो र छोटो दुरीका विद्यार्थीलाई कलजेसम्म ल्याउने र घरसम्म पु¥याउने गरी ९ वटा बस सेवा समेत सञ्चालन रहेकाले यस्तो सेवा दिने सार्वजनिक अर्थात सरकारी कलेज प्रदेश नम्वर १ मा एउटैमात्र रहेको पनि कलेजको भनाई रहेको छ । शैक्षिक प्रतिष्ठानलाई मर्यादित अनुशासित र ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने सवै संयन्त्र प्रयोग गर्ने क्रममा क्याम्पस प्रमुखको कार्य कक्षबाट सवैको अनुगमनका लागि अपराध नियन्त्रण क्यामेर (सीसीटीभी) समेत राखिएको कलेजका रुपमा पनि यस जनता बहुमुखी कलेजले छुट्टै पहिचान बनाएको क्याम्पस प्रमुख श्रेष्ठले दावी गर्नुभएको छ  ।

तपाईको प्रतिक्रिया