इटहरी । हिन्दुहरुको महान चार्ड दिपावलीलाई लक्षित गरी पुर्वी तराईमा माटोको दियो,पाला बनाउन र विक्री गर्न कुमालेहरुलाई भ्याइनभ्याई छ ।
दिपावली अर्थात तिहारको समयमा दियो , धुपोउरो लगायतका समाग्रीहरु पुजा गर्दा प्रयोग गरिने भएकाले माटोको काम गर्ने कुमालेहरुलाई दियो र धुपोउरो लगायतका सामाग्रीहरु वनाउन र विक्री गर्न भ्याइनभ्याई भएको हो ।
दिपावलीको समयमा माटाको दियो पाला लगायतका पुजासामाग्रीको माग वढि हुने गरेको कारण यो समयमा कुमालेहरुलाई भ्याइनभ्याई हुने गरेको छ । विशेष गरी दिपावली अर्थात तिहारलाई वत्तीको पर्वको रुपमा समेत लिने गरीएको छ । झिलीमीली वत्ती वालेर धुमधामका साथ मनाईने दिपावली अर्थात तिहारमा अन्य समयको भन्दा वढी माटाका दियो धुपोउरो लगायतका समाग्रीहरुको माग हुने गरेको कारण यो समयमा कुमालेहरु दियो लगायतका समाग्रीहरु वनाउन व्यस्त रहने गरेका छन । पछिल्ला वर्षहरुमा विद्युतिय वत्तीहरुको प्रयोग बढेपनि माटोको दियाहरु समेत प्रयोग हुने गरेको छ । विद्युतिय वत्ती प्रयोग गर्नेहरुले समेत माटो दियो समेत प्रयोग गर्ने गरेका कारण पनि अन्य समयको तुलनामा तिहारको समयमा माटो दियो माग अधिक हुने गर्दछ । माटोको काम गर्नेहरुले पछिल्लो सयममा माटो मुछ्न मेशिन प्रयोगमा ल्याउन थालेपछि केही सहज भएको वताउछन । तर माटोको काम गरेर जिवीकोपार्जन गर्न नसकिने भन्दै युवाहरु बैकल्पीक पेशामा लाग्न थालेको सुनसरी सदरमुकाम इनरुवाका कुमालेहरु गुनासो गर्दछन ।

तपाईको प्रतिक्रिया