इटहरी । सुनसरीको रामधुनी नगर पालिका स्थीत झुम्कामा सवै प्रकारका उपभोग्यवस्तुहरु एउटै छानामुनी पाउने गरी झुम्का डिर्पाटमेन्टल स्टोर सञ्चालनमा आएको छ ।
पुर्व पश्चिम राजमार्ग क्षेत्रसंगै जोडिएको तथा शहरीकरणमा अघि वढ्दै गरेको झुम्का तथा आसपासका उपभोक्ताहरुलाई लक्षित गरी डिर्पाटमेन्टल स्टोर सञ्चालनमा ल्याइएको हो । दुई वर्ष अघिमात्र नगरपालिका घोषणा भएको रामधुनी नगरपालिका क्षेत्र सहरीकरणमा अन्य ठाँउको तुलनामा अघि वढ्दै आएको समयमा झुम्का डिर्पाटमेन्टल स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक फडिन्द्र मगरले जानकारी दिए । उनले झुम्का तथा आसपासका क्षेत्रका मानिसहरु आफुहरुले चाहेको सवै प्रकारको सामान एकै ठाउँ खरिद गर्नका लागि अनेत्र जानुपरिरहेको बाध्यतालाई महशुस गरेर लगानी गरेको वताउछन । सो डिपार्टमेन्टल स्टोरमा खाध्यान, कस्मेटिक , पेय पद्धार्थ , इलेक्टोनिक लगायतमा घरायसी प्रयोजनका सवै प्रकारका सामाग्रीहरु उपलव्ध हुने जनाइएको छ । केही वर्ष अघिदेखि मात्र सहरीकरण तर्फ उन्नमुख हुदै आएको झुम्का व्यापारीक दृष्टिकोणले अघि बढ्दै गरेको पुर्वको नमुना सहरका रुप विकसित वन्दै आएको छ ।

तपाईको प्रतिक्रिया