असोज , २५ दिनअघि मोरङको कानेपोखरी गाँउपालिकामा भएको आगलागीमा परी एकै परिवारको ४ जनाको मृत्यु भएको घटना भबितब्य नभई योजनाबद्ध हत्या भएको मृतकका आफन्तहरुले पत्रकार सम्मेलन गरी आरोप लगाएका छन ।

मृतकका दाजु रामकुमारले यो घटना भबितब्य नभई सुनियोजित हत्या भएको दाबी गर्दै घटनामा प्रहरीको अनुसन्धान फितलो भएको गुनासो गर्दै प्रशासनले सहयोग नगरेको पिडित परिवारले आगलागी भएकै स्थानमा पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन ।

मृतककी बहिनी इन्दिरा राईले यो घटनालाई भबितब्य बनाउन अर्नगल प्रचारबाजी गरेको बताईन । मृतकका दाजुले पनी सो घटना सुनियोजित हो भन्ने प्रशस्त आधारहरु रहेको समेत दाबी गरेका छन ।

पत्रकार सम्मेलनमा उपस्थित सोही वडाका वडा अध्यक्ष किर्तिमान मादेन,कानेपोखरी गाँउपालिका प्रमुख तारा बहादुर काफले घटनाको सुक्ष्म अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।

घटनापछि प्रारम्भिक अनुसन्धान गरी घटना बिद्युत सर्ट भएका कारण बताएको बताएको थियो । त्यसपछि पटक पटक प्रहरीलाई पिडित परिवारले घटना सुनियोजित भएको भन्दै अनुसन्धान गर्न आग्रह गरेको र प्रहरीले पनि केही शंकास्पद ब्यत्तिहरुलार्य पक्राउ गरी अनुसन्धान गरेको थियो । तर प्रहरीले उनीहरुलाई प्रमाण नपुगेको भन्दै छोडेपछि पिडित परिवार झन आक्रोशित बनेको छ । पिडित परिवारले घटनाको सुक्ष्म अध्यायन गरी दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलन मार्फत माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया