इटहरी । इटहरी क्षेत्रमा रहेर महिला किशोरी र बालबालिकाहरुको हक अधिकारको पक्षमा काम गर्दै आएको श्रमिक महिला साँझा मञ्चले विविध कार्यक्रम सहित इटहरीमो तेस्रो साधारणसभा सम्पन्न गरेको छ ।
जोखिममा परेका किशोरी महिला र बालिकाहरुको उद्दारसँगै उनीहरुको जीवन रक्षा गरी परिवार र समाजमा पुनस्थापना सहित स्वरोजगार बनाउने अभियानमा सक्रिय योगदान पु¥याउँदै आएको श्रमिक महिला साझा मञ्चले सयौ किशोरी एवम महिलाहरुलाई स्वरोजगार बनाउने उद्धृश्यले तालिम सहित ब्यवसायमा आत्मनिर्भरतामा समेत सहयोग गर्दै आएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र उप्का नेपालको प्राविधिक सहयोगमा सक्रिय रहँदै आएको श्रमिक महिला साझा मञ्चले इटहरी उपमहानगर र यस आसपासका क्षेत्रमा सञ्चालनमा रहेका होटल,लज, रेष्टुरेण्ट लगायत मनोरञ्जन क्षेत्रमा बाध्यताबश कार्यरत गराईएका बालिका किशोरी र महिलाहरुलाई उद्दार गरी उनीहरु लाई सिलाइ कटाई,बुटिक,चिया नास्ता पसल संचालनका तालिम दिइ ब्यवसाय गर्न आवश्यक सामान समेतको उपलब्ध गराउर्दै आएको छ ।
साधारसभा २०७३÷७४ को एक वर्ष अवधिमा भएका आ.ब प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारसभा समारोहमा उप्का नेपालको कार्यकारी निर्देशक सकुन्तला सुब्बा प्लान नेपालको कार्यक्रम संयोजक टंकमाया लिम्वु नगर बाल सञ्जालकी नीलम भट्टराई नागरिक समाजका सचिब राजु केसी, होटल ब्यवसायी सङ्घका सचिव उमेश दाहाल अग्रज सञ्चारकर्मी याम प्रधान, वडा सदस्य शिवराज शर्मा जिल्ला बाल कल्याण समितिका सदस्य गोविन्द मिश्र उर्मिला राई लगालतले बोलेका थिए ।
श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लीला भुजेलको अध्यक्षता तथा इटहरी उपमहानगर पालिकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा भएको उक्त साधारसभामा श्रमिक महिला साझा मञ्चले गरेको कार्यक्रम संञ्चालन गर्न विभिन्न बुदामा सहयोग पु¥याएको भन्दै उप्का नेपाल, प्लान नेपाल, श्रम अभियान बचत तथा ऋण सहकारी लाइ सम्मान पत्र द्धरा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया