इटहरी । नागरिक समाज इटहरीले नागरिक भेला तथा सम्मन कार्यक्रम सम्पन्न गरेको छ ।
सोही समारोहमा लामो समय देखि सामाजिक संघ संस्था रही सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै चार जना समाजसेवीहरुलाई सम्मान गरेको छ ।
यसरी सम्मान हुनेहरुमा विराटनगरका समाजसेवी तोरेन्द्रबहादुर सिँह प्रधान धरानकी समाजसेवी श्रीमती सरला कायस्था इटहरीका समाजसेवी प्रोफेसर डा. बद्रीविशाल पोख्रेल र विर्तामोडकी समाजसेवी कोपिला खड्का बस्नेतलाई पनी कार्यक्रममा दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।
नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल तथा समाजसेवी एवम नागरिक समाजका पुर्व अध्यक्ष राजेश श्रेष्ठ,बोधराज नेपाल महासचिव सन्तबहादुर डुम्जन लगायतले सम्मान गरेका थिए । सो अवसरमा सम्मानित ब्यक्तित्वहरुले मावन सेवामा समर्पित रहेकै कारणले अहिले हरेक स्थानमा आफुहरुलाई सम्मानित नागरिकका रुपमा इमान्दार भएर सेवा गर्दै जानका लागी प्रेरणा मिलेको बताए ।
भेला तथा सम्मान कार्यक्रममा नागरिक समाजका महासचिव सन्तबहादुर डुम्जन आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने बरिष्ठ उपाध्यक्ष दिनेश रसाइली, पूर्व अध्यक्ष बोधराज नेपाल लगायतले एक बर्षको अवधिमा इटहरी नगारिक समाजले गरेका महत्वपूर्ण कार्यका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया