इटहरी । इटहरी उपमहानगर–९ को जनता उच्च माविको खेल मैदानमा राष्ट्रिय जागृति क्लवले सञ्चालनमा ल्याएको रमाईलो मेला हेरेर बुधवार साँझ ९ बजे फर्कदै गरेको तीन जना तेस्रो लिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिई अमानवीय दुब्र्यवहार सहित कुटपिट गरेको घट्ना सोमबार दिउँसो सार्वजनिक भएको छ ।
इटहरीको ब्लूडाईमण्ड सोसाईटीले कुटपिट, अमानवीय दुब्र्यवहार सहित प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी परिसरको कार्यालयभित्र आफुहरु सुत्ने कोठामा राती लगेर शरीरको कपडा खोलेर हेर्नै तथा कण्डम च्यातेर खा भन्ने जस्ता कार्य गरेको पीडितहरुले पत्रकारहरुलाई जानकारी दिए ।
रमाईलो मेलाका नाममा जुवाजन्य मेला लगाएर समाजभित्र विकृति फैलाउने जस्तो कार्य गर्ने स्वीकृति दिएको र मेला हेरेर फर्कदै गरेका तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिई अमानवीय दुब्र्यवहार गर्नेमाथि कार्वाहीको माँग गर्दै आजै लिखित जाहेरी समेत दिएको ब्लूडाईमण्ड सोसाईटीका बिनोद वाग्लेले बताए ।
प्रहरीको पिटाईबाट मोनिका परियारको देव्रे्र खुट्टामा निलडाम प्रष्टै देखिएको तथा अर्का अभय लिम्वुको हात सुन्निएकाले उनीहरुको स्वास्थ्य जाँच समेत गरी लिखित रुपमा कार्वाहीका लागि निवेदन दर्ता गरिएको तथा सो विषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सञ्जय राउतसँग घट्नाका विषयमा बुझ्न खोज्दा सम्पर्क गर्दा उहाँसँग फोन सम्पर्क हुन सकेन ।
घट्नामा प्रहरीले गरेको ज्यादतीप्रति आक्रोेस पोख्दै ब्लूडाईमण्ड सोसाईटी इटहरीका प्रमुख रवि श्रेष्ठले प्रहरीले अमानवीय ज्यादती गरेकाले घट्ना ज्यादै निन्दनीय रहेको र प्रहरीले सर्वसाधारणलाई नियन्त्रणमा लिएर गरेको ज्यादती तथा कुटपिट क्षमा योग्य नभएको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया