मोरगं । साउनको अन्तिम साता आएको बाढिको कारण प्रभावित वन्न पुगेको मोरगंको एक गरेको छ ।
मोरगंको सुन्दरहरैचा ४मा रहको सिर्जनशिल आधारभुत प्राथमिक विद्यालयलाई नेपाल कुवेत सांस्कृतिक मञ्चले नगद १ लाख २१ हजार नगद सहयोग गरेको हो । बाढिका कारण विद्यालय प्रभावित वन्न पुगेको प्रकासमा आएपछि बैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा वस्दै आएका नेपालीहरुले रकम संकलन गरेको मञ्चका संरक्षक माधव शर्माले जानकारी दिए । उनले विद्यार्थीहरुको भविस्यसंग जोडिने विद्यायलयलाई सहयोग गर्न पाउदा खुशी लागेको समेत वताए ।
सुनसरी र मोरगंको सिमामा रहेको वुढि खोलाको पुर्व तर्फको किनारामा रहेको विद्यालयमा साउन २७ गते राति आएको बाढिले क्षति पुर्रयाएको थियो । बाढिले विद्यालयको माइन्युट बाहेक सम्पुर्ण सामाग्रीहरुमा नोक्सानी पुरयाएको समयमा वैदेशीक रोजगारीमा रहेकाहरुले उपलव्ध गराएको राहत रकम सही ठाँउमा सदुपयोग गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उमेश वस्तीले वताए । विद्यालयलाई नेपाल कुवेत सांस्कृतिक मञ्चका संरक्षक शर्मा प्रवक्ता प्रसाद तिमल्सीना ,धर्मराज राईले संयुक्त रुपमा विद्यालयका अध्यक्ष वस्ती तथा प्रधानाध्यपक चिन्तामणी ढकाल नगद हस्तान्तरण गरेका थिए । सो अवसरमा विद्यालयलाई सहयोग जुटाउन महत्वपुर्ण भुमिका खेल्ने पुर्व राष्ट्यि फुटवल खेलाडी सुरेन्द्र तामागं र स्थानीय खगेन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा शिशु कक्षा देखि कक्षा ५ सम्म ७३ जना बालवालिकाहरु अध्ययनरत रहेको छन ।

तपाईको प्रतिक्रिया