इटहरी । सुनसरीको इटहरीमा आयोजित नसर्ने रोग सम्वन्धि जनचेतना तथा अभिमुखीकरण कार्यक्रम स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलो चरणमा सञ्चालनमा आएको कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा सम्पन्न गरिएको छ ।
नेपाल, मोजाम्विक र पेरुमामात्र पहिलो चरणमा सञ्चालनमा आएको नसर्ने रोग मधुमेह उच्च रक्तचाप र कुष्ठरोगका विषयमा प्रत्येक नागरिकलाई जानकारी गराई त्यस प्रकारका रोग लाग्दा अपनाउनु पर्ने सावधानी र सतकर्ताका विषयमा ज्ञान दिनु कार्यक्रमको उद्देश्य रहेको नेपालका संयोजक प्रोफेसर डा. निलाम्वर झाले जानकारी दिए ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कम्युनिटी मेडिसिन विभागका प्रमुख प्रोफेसर डा. झा ,प्रोफेसर डा सञ्जिव शर्मा र डा. सुमनबहादुर सिँहको तीन सदस्यीय टोलीले यो नसर्ने रोगबाट कसरी नागरिकहरुलाई सुरक्षित रहने भन्ने विषयमा सचेतना विस्तारमा चिकित्सा विज्ञानका क्षेत्रमा काम गर्दै आएकाहरुलाई दक्षताको ज्ञान दिने कार्यको थालनी भएको छ ।
पूर्वी नेपालको झापा बनियानीको प्राथमिक स्वास्थ्य केन्द्र र सुनसरी इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रबाट नसर्ने रोग सम्वन्धि जनचेतना अभियान विस्तार गर्दै देशका सवै स्वास्थ्य केन्द्रहरुमा यसको विस्तार गर्ने योजना रहेको छ ।
प्रत्येक सय जनामा ५ देखि ७ जना मधुमेह पीडित बन्ने र हरेक सयमा २५ देखि २६ जनामा उच्च रक्तचापको समस्या रहने गरेकाले यस्तो भयावह अवस्थामा पुगिसकेको नसर्ने रोगका रुपमा रहेको मधुमेह उच्च रक्तचाप र कुष्ठरोगबाट सर्वसाधारण नागरिकलाई बचाउ गर्न राज्यको स्वास्थ्य नीतिमा समेत परिमार्जन ल्याउन जरुरी रहेको संयोजक प्रो.डा झाले जानकारी दिएको छ ।
विशेषगरी खानपानकै कारणले हुने यो नसर्ने रोग अस्वस्थकर खाद्य बस्तु फलफूल बातावरण प्रदुर्षण आदि र वंशाणुगत रुपमाा आउने यस रोगबाट नागरिकलाई सुरक्षित राख्न राज्यले बर्तमान कृषि नीति अर्थात खाद्यान्न उत्पादकत्व बढाउनेभन्दा पनि अग्र्यानिक कृषि उत्पादन नीतिमा जोड दिनु पर्ने कुरामा पनि राज्यको ध्यानाकर्षण गराएका थिए ।
सुनसरी जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति एवम विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरु र जननिर्वाचित पदाधिकारीहरु समेतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रम डा. सुमनबहादुर सिँहले नेपाल एवम विश्वको बर्तमान अवस्था तथा त्यसबाट नागरिक सुरक्षाका लागि अपनाईनु पर्ने सचेतनाका विषयमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया