इटहरी । बालश्रम न्युनिकरण बालिका र किशोरीहरुको संरक्षण हाम्रो अभियान भन्ने नाराका साथ उप्का नेपालले लामो समय देखि बालिका र किशोरीहरुको जोखिम न्युनिकरणका लागी विविन्न सरोकारवालाहरु संग अभियान तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आएको छ ।
इटहरीमा आयोजित जनप्रतिनिधी तथा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा सुनसरी क्षेत्रमा रहेका होटल, लज, क्याविन रेष्टुरा लगायतका मनोरञ्जनका क्षेत्रमा महिला, किशोरी र बालिकाहरुलाई प्रयोग गरि यौनिक शोषणसँगै आर्थिक शोषण परेकाहरुको उप्का नेपालले न्युनिकरण गर्दै आएकोमा अव त्यसको रोकथाम एवम नियन्त्रण गर्नका लागी नगरपालिका तथा जनप्रतिधीहरुले जिम्मेवारी लिनुपर्ने अन्तरक्रिया कार्यक्रममा बताएका थिए ।
मनोरञ्जनका क्षेत्रमा कार्यरत महिला किशोरी र बालिकाहरुको पक्षमा दोस्रो अवसर परियोजना अन्तरगत कार्य गर्दै आएको प्लान नेपालको सहयोग तथा उप्का नेपालको उक्त अभियानकारी कार्यक्रमलाई दीर्घकालिन तुल्याउनु पर्नेमा जोड दिईदै आए छन् ।
प्लान नेपालको सहयोगमा उप्का नेपालले चलाउँदै आएको यो कार्यक्रमलाई दीर्घकालिन रुपमा अवका दिनमा जननिर्वार्चित र इटहरी उपमहानगरपालिकाले स्वामित्वमा लिन जरुरी छ भन्ने विषयमा बिस्तृत अन्तरक्रिया कार्यक्रममा उप्का नेपालका सुपरभाइजर राम नेम्वाङ्गले आग्रह गरेका थिए ।
इटहरी उपमहानगरका उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यता तथा उप्का नेपालकी निर्देशक सकुन्तला सुब्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उमानाथ दाहाल, भद्रा थापामगर, श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लीला भुजेल,उपाध्यक्ष सीमा चौधरी लगायतले आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया